एनआइएचएस र नेपाल लाइफको साझेदारीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर हुँदै

२०८२ वैशाख २० शनिबार
सारांश
  • कम्पनीले आगामी आइतबार र सोमबार नेपाल इन्टरनेशनल हेल्थ सर्भिस एनआइएचएस (ल्क्ष्ज्क्) क्लिनिकसँगको प्राविधिक साझेदारीमा कमलादीस्थित केन्द्रिय कार्यालयमा शिविर सञ्चालन गर्न लागेको हो ।

काठमाडौं : नागरिकको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको छ । 


कम्पनीले आगामी आइतबार र सोमबार नेपाल इन्टरनेशनल हेल्थ सर्भिस एनआइएचएस (ल्क्ष्ज्क्) क्लिनिकसँगको प्राविधिक साझेदारीमा कमलादीस्थित केन्द्रिय कार्यालयमा शिविर सञ्चालन गर्न लागेको हो ।


शिविर आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म र सोमबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रम कम्पनीको केन्द्रिय कार्यालय, कमलादीमा हुनेछ ।


शिविरमा सहभागीले निःशुल्क सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह (सुगर) परीक्षण, कोलेस्ट्रोल, ट्राइग्लिसराइड, युरिक एसिड जाँच, तथा विशेषज्ञ चिकित्सकसँग परामर्श सेवासमेत प्राप्त गर्न सक्नेछन् ।


एनआइएचएस क्लिनिकले सम्पूर्ण नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सजग बन्न आह्वान गर्दै यस अवसरमा शिविरमा उपस्थित भई लाभ लिन आग्रह समेत गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार