मन्थली–८ मा स्वास्थ्य शिविर, नसर्ने रोगका बिरामी बढे

२०८२ वैशाख ७ आइतबार
सारांश
  • स्थानीय समावेशी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य शिविर आयोजना गरेको हो । मन्थली नगरपालिका, मन्थली अस्पताल, रामेछाप रेडक्रससँगको सहकार्य र समन्वयमा भएको शिविरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

रामेछाप : रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 


स्थानीय समावेशी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य शिविर आयोजना गरेको हो । मन्थली नगरपालिका, मन्थली अस्पताल, रामेछाप रेडक्रससँगको सहकार्य र समन्वयमा भएको शिविरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।  


शिविरमा आँखा तथा दाँतको उपचकारका साथै अन्य स्वास्थ्य परीक्षण, उपचार र औषधी वितरण गरिएको छ । स्वास्थ्य परीक्षणको क्रममा धेरैमा नसर्ने रोगको समस्या देखिएको मन्थली अस्पतालका प्रमुख डाक्टर केशवसिंह धामीले जानकारी दिए । ‘धेरै जनामा उच्च रक्तचाप, मधुमेह लगायत नसर्ने रोग देखिएको छ, उच्च रक्तचापका बिरामी धेरै देखिएका छन्’, उनले भने । 


खानपान र व्यवहारका कारण यस्ता रोग लाग्ने भएकाले यस्ता रोग नियन्त्रणको लागि आहार, व्यवहारमा नै परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । नेवार समुदायमा भोजहरू बढी हुने भएकाले पनि त्यसको प्रभाव स्वास्थ्यमा परेको हुन सक्ने उनको धारणा छ । 


वडाका ज्येष्ठ नागरिकलाई बढी लक्षित गरेर शिविर आयोजना गरिएको मन्थली नगरपालिका–८ चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठ बताउँछन् । यस्तो शिविर वडामा हरेक वर्ष राख्ने गरिएको उनले जानकारी दिए । 


शिविरमा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख केशव फुयाँल लगायत सहभागी थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार