निःशुल्क तीन दिने हाडजोर्नी, नशा र फिजियोथेरापी शिविरमा ३१० जनालाई सेवा
२०८२ बैशाख २ मंगलबार
- यसमा ७१ जना हड्डी खिइएका विरामी, २५ जना नशा च्यापिएका, ढाड, कम्मर र गर्धनमा समस्या भएका, ५१ जना वुढ्यौलीका कारण हड्डी कमजोर भएका, हड्डी मक्किएका, २८ जना पैताला दुख्ने, पोल्ने भएका, ३१ जना बाथरोग र युरिक एसिड भएका, ९५ जना हाडजोर्नी दुख्ने समस्या भएका विरामी थिए ।
काठमाडौं : सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, वडा नं. २२ ले आयोजना गरेको ३ दिने हाडजोर्नी, नशा तथा फिजियोथेरापी निःशुल्क शिविरमा ३१० जना विरामीले सेवा लिएका छन् ।
यसमा ७१ जना हड्डी खिइएका विरामी, २५ जना नशा च्यापिएका, ढाड, कम्मर र गर्धनमा समस्या भएका, ५१ जना वुढ्यौलीका कारण हड्डी कमजोर भएका, हड्डी मक्किएका, २८ जना पैताला दुख्ने, पोल्ने भएका, ३१ जना बाथरोग र युरिक एसिड भएका, ९५ जना हाडजोर्नी दुख्ने समस्या भएका विरामी थिए ।
यस्तै हड्डी खिइएर तथा नशा च्यापिएर अपरेसनका गर्नुपर्ने भएकोले ९ जनालाई रिफर गरिएको जनस्वास्थ्य निरीक्षक सुजन भण्डारीले जानकारी दिए ।
उनीहरुमध्ये २८० जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको थियो ।
प्रवर्धन केन्द्रमा फिजियोथेरापी सेवा नियमित चलिरहेको छ । दैनिक २० जनासम्मले सेवा लिएका छन् । भण्डारी भन्छन, ‘पहिले दुख्ने पोल्ने समस्या पाको उमेरसँग जोडेर हेर्ने गरिन्थ्यो । खानपान र जीवनशैलीका कारण अहिले युवा र प्रौढहरुमा पनि समस्या देखिएको छ ।’
महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट प्रवर्धनात्मक स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क फिजियोथेरापी सेवा प्रदान गरिरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’