स्वास्थ्यमा राज्यको चार प्रतिशत लगानी पनि घट्ने खतरा छ: मन्त्री पौडेल
२०८१ चैत्र ११ सोमवार
- मन्त्री पौडेलले राज्यले आम्दानी गर्ने सबै क्षेत्रबाट थोरै भएपनि बीमामा योगदान पुग्ने स्थिति बनाउन आग्रह गरे ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले राज्यले स्वास्थ्यमा गरेको चार प्रतिशत लगानी पनि घट्ने खतरा रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले राज्यले पूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने स्थिति नरहेकाले नागरिक योगदानमा आधारित बीमा प्रणालीको विकास आवश्यक रहेको बताए ।
उनले भने,‘ राज्यले ४ प्रतिशतको हाराहारीमा हुँदै गर्दा यो कुनैपनि मापदण्डमा आधारित छैन् । तर अवस्था कस्तो छ भने यही ४ प्रतिशत पनि घट्ने होकि भन्ने खतरा छ । त्यसैले राज्यले पूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने स्थिति छैन भने नागरिक योगदानमा आधारित बीमा प्रणालीको विकास गरौं ।’
त्यस्तै उनले स्वास्थ्य क्षेत्रमा व्यापक विकास भएको भएता पनि पहुँच पुग्नेगरी विकास नभएको भन्दै वास्थ्य क्षेत्रमा पहुँच पुग्नेगरी विकास गर्नका निम्ति विद्यमान स्थितिलाई बदल्न आवश्यक रहेको बताए ।
उनले भने,‘स्वास्थ्य क्षेत्रमा विकास नभएको होईन व्यापक विकास भएको छ । तर पहुँच पुग्नेगरी विकास भएको छैन् । पहुँच पुुग्नेगरी विकास भएन भने त्यसलाई विकास मानिदैन् । त्यसैले हामीले स्वास्थ्य क्षेत्रमा पहुँच पुग्नेगरी विकास गर्नका निम्ति विद्यमान स्थितिलाई बदल्न सक्नुपर्छ ।’
त्यस्तै मन्त्री पौडेलले राज्यले आम्दानी गर्ने सबै क्षेत्रबाट थोरै भएपनि बीमामा योगदान पुग्ने स्थिति बनाउन आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’