घरघरमा निःशुल्क आयुर्वेद औषधी पाएपछि मुगुबासी खुशी
२०८१ फागुन १५ गते विहिबार
- आयुर्वेद स्वास्थ्य केन्द्रले निशुल्क स्वास्थ्य शिबिर घर आँगनमै राखेर औषधि वितरण गरेपछि माग्रीबासी खुसी भएको छिरिङ्ख छुजुम लामाले बताइन् ।
मुगु: मुगुको उत्तर–पूर्वका मुगमकामारोङ्ख गाँउपालिकामाको माग्री गाँउमा रहेका स्थानीयले घर–घरमा निःशुल्क आयुर्वेद औषधी पाउन थालेका छन् ।
फागुन महिनाको चिसो समयमा यहाँका नागरिकहरुको हातखुट्टा, शरीरका बिभिन्न अंगहरु दुख्ने, पेटमा समस्या भएको हुनाले जिल्ला आयुर्वेत स्वास्थ्य केन्द्र मुगुले फाल्गुन १३ र १४ गर्ने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको हुदा निशुल्क स्वास्थ्य शिबिरमा चेकजाच गराएर औषधी समेत निशुल्कमा आएपछि हिजोआज माग्री गाँउको घरघरमा आयुर्वेद औषधीको प्रयोग बढेको छ ।
जिल्लाको सबैभन्दा बढी बिभिन्न जातका जडिबुटी पाईने पालिकाबासी बिरामी पर्दा झारफुक र जडिबुटीका औषधीहरु प्रयोग गर्ने गरेका छन् ।
अन्य औषधी प्रयोग गर्दा आर्थिक समस्या हुने, साइट इफिक्ट हुने, घरगाउँमै पाइने घरेलु औषधि प्रयोग गर्ने गरेकाले जनचेतनाका कार्यक्रम अघि सार्न स्थानीयले माग समेत गरेका छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्रले निशुल्क स्वास्थ्य शिबिर घर आँगनमै राखेर औषधि वितरण गरेपछि माग्रीबासी खुसी भएको छिरिङ्ख छुजुम लामाले बताइन् ।
देशका अन्य स्थानीय तहमध्ये मुगमकामारोङ्ख जडिबुटीको भण्डार भएको स्थानीय तह भएकाले शिविर संचालनले राहत मिलेको हो ।
जिल्ला आयुर्वेद केन्द्रले जिल्लामा धेरै प्रकारका औषधीहरु तयार गरेको र आगामी दिनमा पालिकासंग सहकार्य गरेर औषधी निर्माणमा ध्यान दिन माग समेत गरेका छन् । बजेट बिनियोजन गरी काम गर्न तयार रहेको पनि मुगमकामारोङ्ख गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृत सभाष चन्द्र रावतले बताए ।
सरकारले फागुन महिनामा नसर्ने रोग सम्बन्धि बिभिन्न कार्यक्रम सन्चालन गरेको छ । सोही अनुसार मुगुको माग्री गाँउमा नसर्ने रोग सम्बन्धि जनचेतना गर्ने, औषधी उपचार गर्ने काम समेत गरेको छ ।
दुई दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिबिरमा ६ सय ३१ जनालाई औषधी उपचार गर्नुका साथैं ३५ प्रकारको भन्दा बढी औषधी बितरण गरिएको छ । शिविरमा वाथरोग, हाडजोर्नी, ग्याष्टिक, जुका, पायल्स, शरीर चिलाउने, आँखाका बिरामीहरु बढी फेला परेको आयुर्वेद स्वास्थ्य कार्यालय मुगुका प्रमुख लक्ष्मी प्रसाद पाण्डेले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’