‘सकारात्मक प्रतिस्पर्धाका साथ जनतालाई स्वास्थ्य सेवा दिनुपर्छ’
२०८१ माघ ११ शुक्रवार
- नेपालको पहिलो आणविक तथा जेनेटिक डायग्नोस्टिक्स प्रयोगशालाको १२ औं शाखा उद्घाटन समारोहमा उनले सबै प्रदेश र जिल्लामा पनि शाखाहरु विस्तार गर्नको लागि शुभकामना दिदैँ सकारात्मक प्रतिस्पर्धाका साथ जनतालाई सेवा दिन आग्रह गरेका छन् ।
ललितपुर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.प्रकाश बुढाथोकीले नीजि र सरकारी संस्थाहरुले सकारात्मक रुपमा प्रतिस्पर्धा गरे नेपाली नागरिकहरुले स्वास्थ्यमा गुणस्तरको सेवा पाउने बताएका छन् ।
नेपालको पहिलो आणविक तथा जेनेटिक डायग्नोस्टिक्स प्रयोगशालाको १२ औं शाखा उद्घाटन समारोहमा उनले सबै प्रदेश र जिल्लामा पनि शाखाहरु विस्तार गर्नको लागि शुभकामना दिदैँ सकारात्मक प्रतिस्पर्धाका साथ जनतालाई सेवा दिन आग्रह गरेका छन् ।
यसको साथै उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई सहजीकरण र समन्वयन गर्न नेपाल सरकार सधैँ तयार रहेको पनि बताए ।
उनले भने, ‘नेपाल सरकारका राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् होस, चाहे जनस्वास्थ्य प्रयोगशाला होस सहकार्य गर्न नेपाल सरकार पनि तयार छ । यसका साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई सहजीकरण र समन्वयन गर्न पनि तयार भएको जानकारी दिन्छु ।’
उनले विशिष्टकृत सेवा विस्तारको कुरामा स्वास्थ्यमन्त्रीको प्राथमिकतामा परेको भन्दै यसमासरकारलाई पनि सहयोग गर्ने हो भने सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले भने, ‘विशिष्टकृत सेवा विस्तारको कुरामा स्वास्थ्यमन्त्रीको प्राथमिकतामा परेको कुरा भएको हुनाले अहिले सातवटै प्रदेशमा विशिषज्ञ र विशिष्टकृत सेवा विस्तार गर्नको लागि, क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुरोग सम्बन्धी जसरी कार्य भइरहेको छ त्यसमा सरकारलाई पनि सहयोग गर्ने छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।