मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
२०८१ पुष २४ गते बुधवार
- नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित सो अस्पताल आँखा उपचार सेवाका लागि अब्बल रहेको छ ।
सिरहा, २४ पुसः लहान नगरपालिकाले यस वर्ष पनि बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा चौधरी आँखा अस्पताल अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित सो अस्पताल आँखा उपचार सेवाका लागि अब्बल रहेको छ ।
सम्झौताअनुुसार शिविरमा मोतियाविन्दुको पहिचान भएका बिरामीको शल्यक्रियाको खर्च नगरपालिकाले व्यहोर्ने छ । “हामीले प्रत्यक वर्ष निःशुल्क आँखा शिविर आयोजना गर्दै आएका छौँ । सोहीअनुरुप अब वडावडामा शिविर आयोजना गरिनेछ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “शिविरले यहाँका गरिब तथा विपन्न समुदाय लाभान्वित हुने विश्वास लिएको छु ।” केही दिनभित्रै गाउँगाउँमा शिविर सञ्चालन गर्ने भन्दै नगरप्रमुख चौधरीले एक हजार मोतियाविन्दुका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
नगरप्रमुख चौधरीको अनुसार विगत दुई वर्षदेखि यसरी शिविर सञ्चालन गरिएको र यस क्रममा पहिलो वर्ष सात हजार जनाले आँखा जाँच गराएका थिएभने एक हजार ९२ जना मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो । यसैगरी, दोस्रो वर्ष तीन हजार जनाले आँखा जाँच गराउँदा सात सय मोतियाविन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो ।
जाडोको समयमा आँखाको रोगको सङ्क्रमण धेरै हुने र गाउँगाउँमा पैसको अभावमा बिनाउपचार बस्ने गरिब तथा विपन्न समुदायलाई निःशुल्क आँखा शिविरले सहयोग पुग्ने अस्पतालका अध्यक्ष रवीन्द्रलालले बताउनुभयो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।