जापानमा शक्तिशाली भूकम्पः मृत्यु हुनेको संख्या १३ पुग्यो, उद्धार कार्य जारी
२०८३ श्रावण १३ बुधवार
- जापानी प्रधानमन्त्री सानाए ताकाइचीले भूकम्पका कारण ज्यान गुमाउनेको संख्या बढेर १३ पुगेको पुष्टि गरेकी हुन् ।
एजेन्सी, १३ श्रावण । जापानको कुमामोटो प्रान्तमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले भूकम्पका कारण ज्यान गुमाउनेको संख्या बढेर १३ पुगेको पुष्टि गरेकी हुन् ।
भूकम्पपछि सबैभन्दा प्रभावित बनेको एयोन मलमा खोज तथा उद्धार कार्य रातभर जारी रहेको छ । स्थानीय प्रशासनका अनुसार मलभित्र विस्फोट भएको र भवनको दोस्रो तला भत्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
कुमामोटो प्रान्तकी जनसम्पर्क अधिकारी आकिनो सोनोडाका अनुसार एयोन मलबाट हालसम्म आठ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था मध्यम गम्भीर, एक जनालाई सामान्य चोट लागेको छ भने एक जना हृदय र श्वासप्रश्वास बन्द भएको अवस्थामा फेला परेका छन् ।
यसअघि चार जनाको उद्धार भएको र १० जना सम्पर्कविहीन रहेको जानकारी सार्वजनिक गरिएको थियो । अहिले भवनभित्र फसेका तथा हराइरहेकाहरूको वास्तविक संख्या यकिन गर्ने काम भइरहेको अधिकारीहरूले जनाएका छन् ।
भूकम्पपछि जापानको अग्नि नियन्त्रण विभाग, प्रहरी र आत्मरक्षा बलले संयुक्त रूपमा रातभर उद्धार अभियान सञ्चालन गरिरहेका छन् ।
मंगलबार स्थानीय समयअनुसार अपराह्न ४: २७ बजे गएको भूकम्पको प्रारम्भिक तीव्रता जापान मौसम विज्ञान एजेन्सीले ७.१ मापन गरेको थियो । पछि अमेरिकी भूगर्भीय सर्वेक्षणले यसको तीव्रता ६.८ रहेको जनाएको छ ।
यसैबीच, कुमामोटोको दक्षिणमा रहेको यात्सुशिरो सहरस्थित कागज उद्योगको चिम्नी भत्किँदा नौ जना अझै बेपत्ता छन् ।
भूकम्पका कारण कुमामोटो सहरका हजारौं घरमा विद्युत् र खानेपानी सेवा अवरुद्ध भएको छ। कम्तीमा ४५ वटा स्वास्थ्य संस्था प्रभावित भएका छन् भने १७औँ शताब्दीमा निर्माण गरिएको ऐतिहासिक किल्लाको बाहिरी पर्खालसमेत भत्किएको छ ।
प्रधानमन्त्री ताकाइचीले उद्धार तथा राहतका लागि तीन हजार ६ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै प्रभावित क्षेत्रमा क्षतिको मूल्यांकन र उद्धार कार्य रातभर निरन्तर सञ्चालन हुने बताइन् ।
प्रत्यक्षदर्शीहरूले भूकम्प अत्यन्त शक्तिशाली रहेको बताएका छन् । एक जनाले भूकम्पका बेला टेलिभिजन आफूमाथि खसेको बताए भने अर्काले भवन नै तरल पदार्थझैँ हल्लिएको अनुभूति भएको बताएका छन् । स्थानीयवासीहरूले मुख्य भूकम्पपछि लगातार परकम्प महसुस भइरहेको बताएका छन् ।
जापान मौसम विज्ञान एजेन्सीका अधिकारी शिन्जी कियोमोतोले थप शक्तिशाली परकम्प आउन सक्ने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले सन् २०१६ मा यही कुमामोटो क्षेत्रमा केही दिनको अन्तरमा आएका भूकम्पहरूको शृंखलामा २७८ जनाको मृत्यु भएको घटनाको स्मरणसमेत गराएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
यूएन महासभामा प्रधानमन्त्री नजाने, नेपालका तर्फबाट परराष्ट्रमन्त्री खनालले गर्ने नेतृत्व
-
गोपालमानको शोकमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने, भोलि सबै कार्यालय बन्द
-
प्रदेशले संघीय कानुनविपरीत सेवा संरचना बनाउन नपाउने : सर्वोच्च
-
सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल, सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट
-
रास्वपाले बोलाएको सर्बदलीय बैठक बस्दै
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।