दक्षिण जापानमा ७.१ रेक्टर स्केलको भूकम्प

१२ श्रावण, २०८३, मगलवार
सारांश
  • सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले एक लाख ५० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थान तथा राहत शिविरमा जान निर्देशन दिएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

काठमाडौँ: दक्षिण जापानमा मंगलबार ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा त्रास फैलिएको छ । भूकम्पका कारण कुमामोटोस्थित एक मलमा धेरै मानिस फसेका छन् भने घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

स्थानीय समयअनुसार साँझ ४: २७ बजे जापानको क्युशु द्वीपको भित्री क्षेत्रमा भूकम्प गएको हो । भूकम्पपछि कुमामोटोको एयोन किनमेल केन्द्रमा विस्फोट भएको खबर पनि सार्वजनिक भएको छ । यद्यपि, विस्फोटको कारण र त्यसबाट भएको क्षतिको आधिकारिक पुष्टि भइसकेको छैन ।

 

भूकम्पपछि जापानी अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका थिए । तर, करिब एक घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको छ ।

 

सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले एक लाख ५० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थान तथा राहत शिविरमा जान निर्देशन दिएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

 

जापान विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित मुलुकमध्ये एक हो । त्यहाँ प्रत्येक वर्ष औसतमा करिब एक हजार पाँच सय भूकम्पका घटना अभिलेख हुने गरेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार