दक्षिण जापानमा ७.१ रेक्टर स्केलको भूकम्प

१२ श्रावण, २०८३, मगलवार
सारांश
  • सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले एक लाख ५० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थान तथा राहत शिविरमा जान निर्देशन दिएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

काठमाडौँ: दक्षिण जापानमा मंगलबार ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा त्रास फैलिएको छ । भूकम्पका कारण कुमामोटोस्थित एक मलमा धेरै मानिस फसेका छन् भने घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

स्थानीय समयअनुसार साँझ ४: २७ बजे जापानको क्युशु द्वीपको भित्री क्षेत्रमा भूकम्प गएको हो । भूकम्पपछि कुमामोटोको एयोन किनमेल केन्द्रमा विस्फोट भएको खबर पनि सार्वजनिक भएको छ । यद्यपि, विस्फोटको कारण र त्यसबाट भएको क्षतिको आधिकारिक पुष्टि भइसकेको छैन ।

 

भूकम्पपछि जापानी अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका थिए । तर, करिब एक घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको छ ।

 

सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले एक लाख ५० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थान तथा राहत शिविरमा जान निर्देशन दिएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

 

जापान विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित मुलुकमध्ये एक हो । त्यहाँ प्रत्येक वर्ष औसतमा करिब एक हजार पाँच सय भूकम्पका घटना अभिलेख हुने गरेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार