भेनेजुएलाको सहयोगका लागि भारतले शुरु गर्यो 'अपरेसन अमिस्ताद', ३५ टनभन्दा बढी राहत सामाग्री पठायो
१२ आषाढ़, २०८३, शुक्रवार
- उनका अनुसार भारत यस कठिन समयमा भेनेजुएलासँग एकताबद्ध भएर उभिएको छ। उनले राहत तथा उद्धार कार्यमा आवश्यक सबै प्रकारको सहयोग गर्न भारत प्रतिबद्ध रहेको पनि बताएका छन्।
काठमाडौँ: भारतले भूकम्प प्रभावित भेनेजुएलाको सहयोगका लागि ‘अपरेसन अमिस्ताद’ सुरु गरेको छ।
भारतीय विदेशमन्त्री एस. जयशंकरले भारतीय वायुसेनाका दुई वटा सी-१७ सैन्य विमानमार्फत भारतीय सेनाको फिल्ड अस्पताल टोली तथा ३५ टनभन्दा बढी राहत सामग्री भेनेजुएलातर्फ पठाइएको जानकारी दिएका छन् ।
उनका अनुसार भारत यस कठिन समयमा भेनेजुएलासँग एकताबद्ध भएर उभिएको छ। उनले राहत तथा उद्धार कार्यमा आवश्यक सबै प्रकारको सहयोग गर्न भारत प्रतिबद्ध रहेको पनि बताएका छन्।
विहिबार बिहान आएका दुई शक्तिशाली भूकम्पले अहिलेसम्म भेनेजुएलामा २३५ भन्दा बढीको मृत्यु भएको छ भने करिब ४० हजार सम्पर्कविहीन रहेको बताइएको छ । अहिले राहत र उद्धारको कार्य जारी रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।