भारतको असममा सैन्य विमान दुर्घटनाग्रस्त

३० जेठ, २०८३, शनिवार
सारांश
  • दुर्घटनामा परेको विमान एएन–३२ मालवाहक विमान रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो विमान सैनिक र आवश्यक सामग्री ढुवानीका लागि प्रयोग गरिन्छ । दुर्घटनामा चालकको मृत्यु भएको आशंका गरिएको छ ।

काठमाडौँ: भारतको असम राज्यस्थित जोरहाटको रौरिया वायुसेना अड्डामा शनिबार बिहान अवतरणका क्रममा एक सैन्य विमान दुर्घटनाग्रस्त भएको छ ।

 

विमान वायुसेना अड्डामा अवतरण गर्ने प्रयास गरिरहेको बेला दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो भने विमान दुई टुक्रा भएको बताइएको छ ।

 

दुर्घटनामा परेको विमान एएन–३२ मालवाहक विमान रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो विमान सैनिक र आवश्यक सामग्री ढुवानीका लागि प्रयोग गरिन्छ । दुर्घटनामा चालकको मृत्यु भएको आशंका गरिएको छ ।

 

भारतीय वायुसेनासँग हाल करिब १०० वटा एएन–३२ सामरिक ढुवानी विमान सञ्चालनमा रहेका छन् । वायुसेनाले सुरुआतमा सोभियत संघमा निर्मित यस्ता १२५ वटा विमान खरिद गरेको भए पनि हाल सक्रिय सेवामा करिब १०० वटा मात्र रहेका छन् ।

 

सन् १९८० देखि एएन–३२ विमानले भारतीय वायुसेनाको मध्यम क्षमताको हवाई ढुवानी व्यवस्थाको मुख्य आधारका रूपमा काम गर्दै आएको छ । उच्च तापक्रम भएका क्षेत्र र हिमालयजस्ता उच्च पहाडी भूभागमा पनि प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने भएकाले यो विमानलाई वायुसेनाका लागि महत्वपूर्ण मानिन्छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार