हिज्बुल्लाहका एक हजारभन्दा बढी ठेगाना ध्वस्त गरेको इजरायलको दाबी
१५ बैसाख, २०८३, मगलवार
- इजरायल रक्षा बलले जारी गरेको वक्तव्यमा हिज्बुल्लाहका लडाकुले ती स्थानहरू इजरायली सैनिकमाथि आक्रमण गर्न प्रयोग गरिरहेको उल्लेख गरिएको छ । सेनाले ती ठेगानाबाट सयौं हतियार बरामद गरिएको पनि जनाएको छ ।
काठमाडौँ: इजरायली सेनाले हिज्बुल्लाहका एक हजारभन्दा बढी ठेगाना ध्वस्त पारिएको दाबी गरेको छ ।
इजरायल रक्षा बलले जारी गरेको वक्तव्यमा हिज्बुल्लाहका लडाकुले ती स्थानहरू इजरायली सैनिकमाथि आक्रमण गर्न प्रयोग गरिरहेको उल्लेख गरिएको छ । सेनाले ती ठेगानाबाट सयौं हतियार बरामद गरिएको पनि जनाएको छ ।
बरामद हतियारमा मेसिनगन, कलाश्निकोभ राइफल, ग्रिनेड, माइन, पेस्तोल, ट्यांकविरोधी क्षेप्यास्त्र, गोला-बारुद, आरपीजी रकेट र मोर्टार रहेका बताइएको छ । सेनाले यस सम्बन्धमा केही तस्बिर पनि सार्वजनिक गरेको छ, जसमा हतियार र गोला-बारुद देखिएको छ ।
यद्यपि, ती ठेगाना कहिले ध्वस्त पारिएको भन्नेबारे इजरायली सेनाले स्पष्ट जानकारी दिएको छैन ।
यसैबीच इजरायली सेनाले दक्षिणी लेबनानका १२ भन्दा बढी गाउँका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ । सेनाले यो कदम नागरिकको सुरक्षाका लागि उठाइएको भन्दै हिज्बुल्लाहले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ ।
इजरायल रक्षा बलका अरबी प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत प्रभावित गाउँका बासिन्दालाई तत्काल उत्तरतर्फ जान आग्रह गरेका छन् । उनले हिज्बुल्लाहका लडाकु, तिनका ठेगाना र सैन्य उपकरण नजिक बस्नु ज्यानका लागि जोखिमपूर्ण भएको बताएका छन् ।
इजरायल र लेबनानबीच युद्धविराम लागू भए पनि दुवै पक्षबीच आक्रमण जारी रहेको छ । दुवै देशले एकअर्कामाथि संघर्षविराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट, ४ अर्बको कारोबार
-
अर्थमन्त्री डा. वाग्लेको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको आपत्ति
-
चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्दै, ६ लाखलाई सुरक्षित स्थानमा सार्ने तयारी
-
साहिबजादा फरहान पाकिस्तान फर्किदै
-
एनपीएललाई शुभकामना दिदै गगन थापाले भने- वर्षौंको संघर्ष, मेहनत र समर्पणले नेपाली क्रिकेट यहाँसम्म आयो
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।