हिज्बुल्लाहका एक हजारभन्दा बढी ठेगाना ध्वस्त गरेको इजरायलको दाबी
१५ बैसाख, २०८३, मगलवार
- इजरायल रक्षा बलले जारी गरेको वक्तव्यमा हिज्बुल्लाहका लडाकुले ती स्थानहरू इजरायली सैनिकमाथि आक्रमण गर्न प्रयोग गरिरहेको उल्लेख गरिएको छ । सेनाले ती ठेगानाबाट सयौं हतियार बरामद गरिएको पनि जनाएको छ ।
काठमाडौँ: इजरायली सेनाले हिज्बुल्लाहका एक हजारभन्दा बढी ठेगाना ध्वस्त पारिएको दाबी गरेको छ ।
इजरायल रक्षा बलले जारी गरेको वक्तव्यमा हिज्बुल्लाहका लडाकुले ती स्थानहरू इजरायली सैनिकमाथि आक्रमण गर्न प्रयोग गरिरहेको उल्लेख गरिएको छ । सेनाले ती ठेगानाबाट सयौं हतियार बरामद गरिएको पनि जनाएको छ ।
बरामद हतियारमा मेसिनगन, कलाश्निकोभ राइफल, ग्रिनेड, माइन, पेस्तोल, ट्यांकविरोधी क्षेप्यास्त्र, गोला-बारुद, आरपीजी रकेट र मोर्टार रहेका बताइएको छ । सेनाले यस सम्बन्धमा केही तस्बिर पनि सार्वजनिक गरेको छ, जसमा हतियार र गोला-बारुद देखिएको छ ।
यद्यपि, ती ठेगाना कहिले ध्वस्त पारिएको भन्नेबारे इजरायली सेनाले स्पष्ट जानकारी दिएको छैन ।
यसैबीच इजरायली सेनाले दक्षिणी लेबनानका १२ भन्दा बढी गाउँका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ । सेनाले यो कदम नागरिकको सुरक्षाका लागि उठाइएको भन्दै हिज्बुल्लाहले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ ।
इजरायल रक्षा बलका अरबी प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत प्रभावित गाउँका बासिन्दालाई तत्काल उत्तरतर्फ जान आग्रह गरेका छन् । उनले हिज्बुल्लाहका लडाकु, तिनका ठेगाना र सैन्य उपकरण नजिक बस्नु ज्यानका लागि जोखिमपूर्ण भएको बताएका छन् ।
इजरायल र लेबनानबीच युद्धविराम लागू भए पनि दुवै पक्षबीच आक्रमण जारी रहेको छ । दुवै देशले एकअर्कामाथि संघर्षविराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।