ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने व्यक्तिलाई अदालतमा पेश गरिदै

१४ बैसाख, २०८३, सोमवार
सारांश
  • अमेरिकी मिडियाका अनुसार पक्राउ परेका व्यक्ति ३१ वर्षका कोल टोमस एलन हुन् । उनी क्यालिफोर्नियाको टोरान्सका बासिन्दा भएको बताइएको छ ।

काठमाडौं: अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको गोलीकाण्डका संदिग्धलाई आज अदालतमा पेश गरिने भएको छ । यो घटना ह्वाइट हाउस कफ्रिपोन्डेन्ट्स डिनरको रात भएको थियो ।

 

अमेरिकी मिडियाका अनुसार पक्राउ परेका व्यक्ति ३१ वर्षका कोल टोमस एलन हुन् । उनी क्यालिफोर्नियाको टोरान्सका बासिन्दा भएको बताइएको छ ।

 

अमेरिकी अटर्नी जनरल टोड ब्लान्चले प्रारम्भिक अनुसन्धानमा आरोपीले ट्रम्प प्रशासनका सदस्यहरूलाई लक्षित गरेको देखिएको बताएका छन् । उनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सम्भावित निशानामा परेको आशंका गरिएको छ ।

 

अधिकारीहरूले सीबीएस न्यूजलाई दिएको जानकारी अनुसार आरोपीलाई सुरुमा वासिङ्टन डीसीको उत्तर–पश्चिम क्षेत्रमा रहेको प्रहरी स्टेशनमा राखिएको थियो । उनलाई पछि राजधानीको दक्षिण–पूर्व भागमा रहेको हिरासत केन्द्रमा सारिनेछ ।

 

यता ह्वाइट हाउसले आइतबार जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद् सदस्य र राष्ट्रपतिलाई लक्षित गरी भएको आक्रमण प्रयासपछि पनि डोनाल्ड ट्रम्प डराएका छैनन् भन्ने उल्लेख गरेको छ ।

 

ह्वाइट हाउस कफ्रिपोन्डेन्ट्स एसोसिएसनकी अध्यक्ष वेइजिया जियाङले यो घटनालाई निकै डर लाग्दो भन्दै प्रतिक्रिया दिएकी छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार