ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने व्यक्तिलाई अदालतमा पेश गरिदै
१४ बैसाख, २०८३, सोमवार
- अमेरिकी मिडियाका अनुसार पक्राउ परेका व्यक्ति ३१ वर्षका कोल टोमस एलन हुन् । उनी क्यालिफोर्नियाको टोरान्सका बासिन्दा भएको बताइएको छ ।
काठमाडौं: अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको गोलीकाण्डका संदिग्धलाई आज अदालतमा पेश गरिने भएको छ । यो घटना ह्वाइट हाउस कफ्रिपोन्डेन्ट्स डिनरको रात भएको थियो ।
अमेरिकी मिडियाका अनुसार पक्राउ परेका व्यक्ति ३१ वर्षका कोल टोमस एलन हुन् । उनी क्यालिफोर्नियाको टोरान्सका बासिन्दा भएको बताइएको छ ।
अमेरिकी अटर्नी जनरल टोड ब्लान्चले प्रारम्भिक अनुसन्धानमा आरोपीले ट्रम्प प्रशासनका सदस्यहरूलाई लक्षित गरेको देखिएको बताएका छन् । उनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सम्भावित निशानामा परेको आशंका गरिएको छ ।
अधिकारीहरूले सीबीएस न्यूजलाई दिएको जानकारी अनुसार आरोपीलाई सुरुमा वासिङ्टन डीसीको उत्तर–पश्चिम क्षेत्रमा रहेको प्रहरी स्टेशनमा राखिएको थियो । उनलाई पछि राजधानीको दक्षिण–पूर्व भागमा रहेको हिरासत केन्द्रमा सारिनेछ ।
यता ह्वाइट हाउसले आइतबार जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद् सदस्य र राष्ट्रपतिलाई लक्षित गरी भएको आक्रमण प्रयासपछि पनि डोनाल्ड ट्रम्प डराएका छैनन् भन्ने उल्लेख गरेको छ ।
ह्वाइट हाउस कफ्रिपोन्डेन्ट्स एसोसिएसनकी अध्यक्ष वेइजिया जियाङले यो घटनालाई निकै डर लाग्दो भन्दै प्रतिक्रिया दिएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।