- भारतको तर्फबाट केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र न्यूजील्याण्डको तर्फबाट व्यापार तथा लगानी मन्त्री टोड म्याक्लेले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
काठमाडौं: भारत र न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ । दुवै देशले सोमबार यो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
भारतको तर्फबाट केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र न्यूजील्याण्डको तर्फबाट व्यापार तथा लगानी मन्त्री टोड म्याक्लेले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि पीयूष गोयलले यो सम्झौता मात्र नौ महिनाको छोटो समयमा सम्पन्न हुनु दुवै देशबीचको विश्वास र साझा लक्ष्यको संकेत भएको बताए । उनका अनुसार पछिल्ला साढे तीन वर्षमा यो सातौँ व्यापार सम्झौता हो, अझ केही प्रक्रिया बाँकी रहेका सम्झौताहरू पनि चाँडै अघि बढ्नेछन् ।
उनले आगामी केही महिनामा युरोपेली संघ र संयुक्त राज्य अमेरिकासँग पनि यस्तै सम्झौता अघि बढ्ने संकेत दिए ।
यता न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्जनले यो सम्झौतालाई दुई देशको सम्बन्धमा ऐतिहासिक मोड भनेका छन् । सामाजिक सञ्जालमा उनले यस सम्झौताले न्यूजील्याण्डलाई विश्वका सबैभन्दा सक्रिय बजारमध्ये एकमा नयाँ अवसर खोल्ने बताएका छन् । उनका अनुसार यसले व्यापार, लगानी, नवप्रवर्तन र आपसी सहकार्यलाई अझ विस्तार गर्नेछ र निर्यात बजारलाई विविध बनाउनेछ ।
सम्झौताले भारतका लागि विकास र नयाँ अवसरका ढोका खोल्ने बताइएको छ । यसले भारतीय निर्यातकर्तालाई पहिलो दिनदेखि नै न्यूजील्याण्ड बजारमा कर बिना पहुँच दिनेछ भने भारतीय उपभोक्तालाई न्यूजील्याण्डका उच्च गुणस्तरका उत्पादन सजिलै उपलब्ध हुनेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।