- भारतको तर्फबाट केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र न्यूजील्याण्डको तर्फबाट व्यापार तथा लगानी मन्त्री टोड म्याक्लेले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
काठमाडौं: भारत र न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ । दुवै देशले सोमबार यो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
भारतको तर्फबाट केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र न्यूजील्याण्डको तर्फबाट व्यापार तथा लगानी मन्त्री टोड म्याक्लेले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि पीयूष गोयलले यो सम्झौता मात्र नौ महिनाको छोटो समयमा सम्पन्न हुनु दुवै देशबीचको विश्वास र साझा लक्ष्यको संकेत भएको बताए । उनका अनुसार पछिल्ला साढे तीन वर्षमा यो सातौँ व्यापार सम्झौता हो, अझ केही प्रक्रिया बाँकी रहेका सम्झौताहरू पनि चाँडै अघि बढ्नेछन् ।
उनले आगामी केही महिनामा युरोपेली संघ र संयुक्त राज्य अमेरिकासँग पनि यस्तै सम्झौता अघि बढ्ने संकेत दिए ।
यता न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्जनले यो सम्झौतालाई दुई देशको सम्बन्धमा ऐतिहासिक मोड भनेका छन् । सामाजिक सञ्जालमा उनले यस सम्झौताले न्यूजील्याण्डलाई विश्वका सबैभन्दा सक्रिय बजारमध्ये एकमा नयाँ अवसर खोल्ने बताएका छन् । उनका अनुसार यसले व्यापार, लगानी, नवप्रवर्तन र आपसी सहकार्यलाई अझ विस्तार गर्नेछ र निर्यात बजारलाई विविध बनाउनेछ ।
सम्झौताले भारतका लागि विकास र नयाँ अवसरका ढोका खोल्ने बताइएको छ । यसले भारतीय निर्यातकर्तालाई पहिलो दिनदेखि नै न्यूजील्याण्ड बजारमा कर बिना पहुँच दिनेछ भने भारतीय उपभोक्तालाई न्यूजील्याण्डका उच्च गुणस्तरका उत्पादन सजिलै उपलब्ध हुनेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि पर्ने, विहिबारदेखि भारी वर्षाको सम्भावना
-
जापानका पूर्वप्रधानमन्त्री फुकुदाको ९० वर्षको उमेरमा निधन
-
गैरआवासीय नेपालीद्वारा सरकारलाई एक करोड र डीएनए परीक्षण सामग्री हस्तान्तरण
-
दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट, ४ अर्बको कारोबार
-
अर्थमन्त्री डा. वाग्लेको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको आपत्ति
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।