- इरानमा खसेको अमेरिकी लडाकु विमानपछि पाइलटको खोजीका लागि अमेरिका दुई छुट्टाछुट्टै अभियान सञ्चालन गरिरहेको छ ।
काठमाडौँ । इरानमा खसेको अमेरिकी लडाकु विमानपछि पाइलटको खोजीका लागि अमेरिका दुई छुट्टाछुट्टै अभियान सञ्चालन गरिरहेको छ । अमेरिकी अधिकारीहरूले खोज तथा उद्धार अभियान तीव्र रूपमा जारी रहेको अल जजिरासँगको कुराकानीमा बताएका छन्।
पहिलो अभियान शुक्रबार दक्षिण-पश्चिम इरानमा खसेको लडाकु विमानमा रहेका एक सैनिकको खोजीमा केन्द्रित रहेको छ । उक्त विमान खसेपछि ती सदस्य बेपत्ता भएका थिए ।
दोस्रो अभियान खाडी क्षेत्रको होर्मुज नजिक खसेको ए-१० आक्रमणकारी विमानसँग सम्बन्धित छ । सो विमानमा दुई जना सवार थिए, जसमध्ये एक जनाको उद्धार भइसकेको छ भने अर्काको खोजी जारी छ।
यसैबीच, बेपत्ता सदस्यको खोजीका लागि पठाइएका दुई ‘ब्ल्याक हक’ हेलिकप्टरमाथि इरानको हवाई प्रतिरक्षा प्रणालीले आक्रमण गरेको जनाइएको छ । यद्यपि ती हेलिकप्टरमा ठूलो क्षति नभएको र अभियान अझै जारी रहेको बताइएको छ ।
इरानमा अमेरिकी लडाकु विमान खसालिएको घटनाबारे विभिन्न विवरण सार्वजनिक भइरहेका छन् । ह्वाइट हाउसले यस घटनाबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराइएको पुष्टि गरेको छ । घटना त्यस्तो समयमा भएको हो, जब इरानको सरकारी टेलिभिजनले अमेरिकी पाइलटलाई जीवितै नियन्त्रणमा ल्याउनेलाई इनाम दिने घोषणा गरेको थियो ।
सञ्चारमाध्यमका अनुसार खसेको विमान एफ- १५ ई प्रकारको थियो, जसमा एक पाइलट र एक हतियार प्रणाली अधिकृत सवार थिए । आक्रमणपछि दुवैले सुरक्षित रूपमा विमानबाट बाहिर निस्किएका थिए । उपलब्ध विवरणअनुसार तीमध्ये एक जनाको उद्धार भइसकेको छ भने अर्को अझै बेपत्ता छन् । इरानले पनि आफ्नै स्तरमा खोजी तीव्र बनाएको र स्थानीय बासिन्दासँग सहयोग मागिएको बताइएको छ ।
अमेरिका, इजरायल र इरानबीच युद्ध सुरु भएयता हालसम्म ३६५ अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी रक्षा मन्त्रालयको सैन्य शाखाले सार्बजनिक गरेको विवरण अनुसार स्थलसेनातर्फ सबैभन्दा धेरै २४७ जना घाइते भएका छन् भने नौसेनाका ६३ जना प्रभावित भएका छन् । त्यसैगरी, मरीन समूहका १९ जना र वायुसेनाका ३६ जना सैनिक घाइते भएका विवरणमा उल्लेख छ । यस युद्धमा हालसम्म १३ जना अमेरिकी सैनिकको ज्यान गएको पनि पुष्टि गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पार्टी बैठक राख्नेबारे हर्कको जवाफ– अरू पार्टीजस्तो होइन, श्रमदान नै हाम्रो बैठक हो
-
काठमाडौँमा ग्यासको चरम अभाव, महानगर प्रहरीले वितरणमा सहजीकरण गर्दै
-
सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट
-
योगेश भट्टराईको प्रश्न- मुख्यमन्त्री हटाउने नाम पार्टीभित्र किन रडाको ?
-
सुनसरी घटनाका: उपचारको क्रममा अर्को एक जना युवकको मृत्यु
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।