अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका देश छोड्न एडभाइजरी जारी

२०८२ फाल्गुण १९ मङ्गलवार
सारांश
  • मध्यपूर्वमा बढ्दो असुरक्षाका कारण अमेरिकाले आफ्ना नागरिकलाई ती क्षेत्र छोड्न आग्रह गरेको छ ।

काठमाण्डौ, १९ फाल्गुण । मध्यपूर्वमा बढ्दो असुरक्षाका कारण अमेरिकाले आफ्ना नागरिकलाई ती क्षेत्र छोड्न आग्रह गरेको छ ।

 

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचनामा गम्भीर सुरक्षा जोखिम रहेको भन्दै नागरिकलाई सकेसम्म व्यावसायिक उडानमार्फत तत्काल सुरक्षित स्थानतर्फ जान सल्लाह दिइएको छ ।

 

सावधानी अपनाउन भनिएका देशहरूमा बहराइन, कुवेत, इजिप्ट, लेबनान, इरान, ओमान, इराक, कतार, इसराइल, वेस्ट बैंक र गाजा, साउदी अरेबिया, सिरिया, जोर्डन, संयुक्त अरब इमिरेट्स तथा यमन रहेका छन् ।

 

यसैबीच साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावासमा इरानबाट आएका दुई ड्रोनले आक्रमण गरेको खबर सार्वजनिक भएको छ । घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमण भएको समयमा दूतावास भवन खाली रहेको थियो ।

 

मध्यपूर्वमा जारी तनावका बीच अमेरिकाले आफ्ना नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिएको जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार