- संयुक्त अरब इमिरेट्स (युएई) को रक्षा मन्त्रालयले ईरानले अहिलेसम्म देशमाथि १८६ मिसाइल र ८१२ ड्रोन प्रहार गरिसकेको जानकारी दिएको छ ।
काठमाण्डौ, १९ फाल्गुण । संयुक्त अरब इमिरेट्स (युएई) को रक्षा मन्त्रालयले ईरानले अहिलेसम्म देशमाथि १८६ मिसाइल र ८१२ ड्रोन प्रहार गरिसकेको जानकारी दिएको छ । तर मन्त्रालयले अधिकांश आक्रमणलाई एयर डिफेन्स सिस्टमले असफल बनाएको दाबी गरेको छ ।
मन्त्रालयले दिएको विवरण अनुसार, १८६ मिसाइलमध्ये १७२ वटालाई हवाईमार्गमै रोकेर नष्ट गरिएको थियो । १३ वटा मिसाइल समुद्रमा खसे र एउटा मिसाइल भने युएईको सिमाना भित्र आएर खसेको थियो ।
त्यसैगरी ईरानले पठाएका ८१२ ड्रोनमध्ये ७५५ वटालाई इन्टरसेप्ट गरेर खसालेको मन्त्रालयले जानकारी दिएको छ ।
रक्षा मन्त्रालयले एयर डिफेन्स सिस्टम पूरै सतर्क अवस्थामा रहेको र देशको सुरक्षा सुनिश्चित गर्न हरेक आवश्यक कदम चालिएको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।