- विस्फोटको कारण स्पष्ट छैन, तर दिल्ली, मुम्बई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता जारी गरिएको छ ।
काठमाडौँ, २५ कार्त्तिक । भारतको दिल्लीको लाल किल्ला नजिकै कारमा भएको ठूलो विस्फोटमा परेर अहिलेसम्म आठ जनाको मृत्यु भएको छ ।
भारतीय मिडियाहरुले विस्फोटमा ८ जनाको मृत्यु भएको र २४ जना घाइते भएको उल्लेख गरेका छन् । विस्फोटको कारण स्पष्ट छैन, तर दिल्ली, मुम्बई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता जारी गरिएको छ ।
यसैबीच, प्रधानमन्त्री मोदीले गृहमन्त्री अमित शाहसँग कुरा गरेको उल्लेख गरिएको छ । प्राप्त जानकारी अनुसार, सोमबार साँझ भारतीय समय अनुसार ६:५५ बजे फोर्ट मेट्रो स्टेशनको गेट नम्बर १ को पार्किङमा पार्किङ गरिएको इको कारमा विस्फोट भएको थियो । आगलागी नजिकै पार्किङ गरिएका अन्य कारहरु पनि जलेको बताइएको छ ।
घटनापछि प्रहरीले क्षेत्रलाई घेरा हालेको छ । फोरेन्सिक टोली आइपुगेको र वरपरको क्षेत्रको सीसीटीभी फुटेज जाँच भइरहेको छ । त्यस्तै घटनास्थलमा एनआईए र एनएसजी कमाण्डोलाई खटाइएको मिडियाहरुले उल्लेख गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।