ट्रम्प र नेतन्याहूबीच आज भेटवार्ता हुँदै, इजरायल–हमास सम्झौता ‘यसै हप्ता’ हुने आशा
२०८२ असार २३ सोमवार
- आइतबार ट्रम्पले सम्झौतामा पुग्ने ‘प्रवल सम्भावना’ रहेको बताएका थिए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नेछन ।
राष्ट्रपति ट्रम्पले इजरायल र हमासबीच यसै हप्ता ‘सम्झौता’ हुने आशा व्यक्त गरेका छन् ।
इजरायल र हमासबीच आइतबार साँझ दोहामा अप्रत्यक्ष वार्ता सुरु भएको छ । यसको उद्देश्य युद्धविरामको मध्यस्थता गर्नु र प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको रिहाईको लागि सम्झौतामा पुग्नु रहनेछ ।
आइतबार ट्रम्पले सम्झौतामा पुग्ने ‘प्रवल सम्भावना’ रहेको बताएका थिए ।
“हामीले धेरै बन्धकहरूलाई रिहा गरेका छौँ, बाँकी बन्धकहरूको सन्दर्भमा भन्नुपर्दा तिनीहरूमध्ये धेरै बाहिर आउनेछन्,” उनले पत्रकारहरूसँग भने ।
नेतन्याहूले आइतबार विमानमा वासिङ्टनतर्फ प्रस्थान गर्नुअघि बोल्दै ट्रम्पसँगको भेटले यो सम्झौतालाई अगाडि बढाउन निश्चित रुपमा सहयोग पुग्ने बताएका थिए ।
झण्डै दुई वर्षको युद्धपछि मानवीय सङ्कटमा फसेको गाजा पट्टीमा अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविरामका लागि दबाब दिईरहेका छन् ।
नेतन्याहूले भने, “हामी सहमत भएका शर्तमा सम्झौतामा पुग्नका लागि ‘स्पष्ट निर्देशन’ सहित टोलीलाई दोहा पठाएको छु ।”
यसअघि उनले अमेरिका समर्थित युद्धविराम प्रस्तावको मस्यौदामा कतार र इजिप्टका मध्यस्थकर्तामार्फत हमासले दिएको प्रतिक्रियामा ‘अस्वीकार्य’ माग रहेको बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ग्यास अभाव बारे प्रधानमन्त्री कार्यालयमा छलफल
-
अमरेशको सरकारलाई प्रश्न- मधेसका घटनामा लाठीभन्दा पहिला गोली किन चल्छ ?
-
सुनसरी घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्न एमालेको माग
-
एक लाख घुससहित नुवाकोटम्यागङ गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ
-
काँग्रेसले आन्दोलनरत पक्षसँग सरकारले गरेको सहमतिमा उठायो प्रश्न
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।