- डोनाल्ड ट्रम्पले अवैध आप्रवासन र लागुऔषधबाट हुने खतरालाई उद्धृत गर्दै क्यानाडा, मेक्सिको र चीनमा व्यापक भन्सार महसुल लगाउने घोषणा गरेका थिए ।
प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानाडाले केही अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी भन्सार महसुलको जवाफ दिने बताएका छन् ।
दीर्घकालीन क्यानाडा–अमेरिका सम्बन्धमा विभाजनको चेतावनी दिँदै उनले नाटकीय स्वरमा भने, “क्यानाडाले एक खर्ब ५५ अर्ब क्यानेडियन डलर (एक खर्ब ६ अर्ब अमेरिकी डलर) मूल्य बराबरका अमेरिकी वस्तुहरूमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी व्यापार कारबाहीको जवाफ दिनेछ ।”
पहिलो चरणमा मङ्गलबार ३० अर्ब क्यानेडियन डलर मूल्य बराबरका अमेरिकी वस्तुहरूमा भन्सार महसुल लगाइने र तीन हप्तामा थप एक खर्ब २५ अर्ब क्यानेडियन डलर मूल्य बराबरका उत्पादनहरूमा थप भन्सार महसुल लगाइने छ ।
“हामी निश्चित रूपमा तनाव बढाउन खोजिरहेका छैनौँ तर हामी क्यानाडा, क्यानाडालीहरू र क्यानाडाली रोजगारीका लागि उभिनेछौँ”, ट्रुडोले भने, “अझै धेरै, धेरै कुरासहित अमेरिकी बियर, वाइन र बर्बनका साथै फलफूल, तरकारी, उपभोक्ता उपकरण, काठ र प्लास्टिक जस्ता ‘दैनिक वस्तुहरू’ मा भन्सार महसुल लागू हुनेछ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासन र लागुऔषधबाट हुने खतरालाई उद्धृत गर्दै क्यानाडा, मेक्सिको र चीनमा व्यापक भन्सार महसुल लगाउने घोषणा गरेका थिए ।
संयुक्त राज्य अमेरिकामा क्यानाडाको निर्यातले मङ्गलबारदेखि २५ प्रतिशत करको सामना गर्नेछ । यद्यपि क्यानाडाबाट आउने ऊर्जा स्रोतहरूमा १० प्रतिशत कम कर लाग्नेछ ।
व्यापार द्वन्द्वले क्यानाडाली र अमेरिकीहरू दुवैका लागि ‘वास्तविक परिणामहरू’ ल्याउने ट्रुडोले बताए । यसमा रोजगारी गुम्ने, खाद्यान्न र पेट्रोलको मूल्य बढ्ने, सवारी साधन असेम्बली प्लान्टहरू सम्भावित बन्द हुने र क्यानाडाली निकेल, पोटास, युरेनियम, स्टिल र एलुमिनियमको पहुँचमा बाधा पुग्ने जस्ता समस्याहरू समावेश छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।