लगानी बोर्डको सीईओमा विकास अर्थशास्त्री यांकी उक्याब नियुक्त
२० श्रावण, २०८३, बुधवार
- सीईओ छनोटका लागि अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो।
काठमाडौं: सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विकास अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
सीईओ छनोटका लागि अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट सदस्य तथा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल विज्ञ सदस्यका रूपमा रहेका थिए।
उक्त पदका लागि उक्याबसहित मनमानसिंह बस्न्यात, जितेन्द्र धिताल, मुकुन्दप्रसाद पौड्याल, सरोज कोइराला, बखतबहादुर शाही, मनोज पौडेल र मधुप्रसाद भेटुवाल प्रतिस्पर्धामा थिए।
को हुन् यांकी उक्याब?
सीईओमा नियुक्त उक्याब विकास अर्थशास्त्री हुन्। उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत प्रशान्त क्षेत्रका लागि वरिष्ठ नीतिगत सल्लाहकारका रूपमा कार्यअनुभव हासिल गरेकी छन्। साथै, फिजी, कम्बोडियालगायत विभिन्न देशमा राष्ट्रसंघीय नियोगमार्फत विकास र नीतिगत क्षेत्रमा काम गरिसकेकी छन्।
उक्याबले अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति तथा शासन विषयमा तथा मिजोरी विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।