- यो मूल्यवृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढावलाई मानिएको छ। इरान र अमेरिका बीच तनाव अघि कच्चा तेलको मूल्य करिब ७० अमेरिकी डलर प्रति ब्यारेल रहेकोमा अहिले बढेर १०० डलरभन्दा माथि पुगेको बताइएको छ।
काठमाडौँ: भारतमा पेट्रोल र डिजेलको मूल्य यस महिनामा चौथो पटक बढाइएको छ ।
तेल कम्पनीहरूले आज, पेट्रोलको मूल्य प्रति लिटर भारतीय रुपैयाँ (भारु) २ रुपैयाँ ६१ पैसा र डिजेलको मूल्य भारु २ रुपैयाँ ७१ पैसा बढाएका छन् । यससँगै नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु १०२ रुपैयाँ १२ पैसा र डिजेलको मूल्य भारु ९५ रुपैयाँ २० पैसा पुगेको छ ।
यो मूल्यवृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढावलाई मानिएको छ। इरान र अमेरिका बीच तनाव अघि कच्चा तेलको मूल्य करिब ७० अमेरिकी डलर प्रति ब्यारेल रहेकोमा अहिले बढेर १०० डलरभन्दा माथि पुगेको बताइएको छ।
कच्चा तेल महँगो भएपछि तेल कम्पनीहरू आर्थिक दबाबमा परेका छन्। घाटा कम गर्नका लागि मूल्य समायोजन गरिएको जनाइएको छ। यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य लामो समय उच्च रहिरहेमा पेट्रोल र डिजेल अझै महँगिन सक्ने अनुमान गरिएको छ।
भारतमा इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारको कच्चा तेल र विदेशी मुद्रासँग भारतीय रुपैयाँको विनिमय दरका आधारमा तय हुन्छ । सरकारी तेल कम्पनीहरूले ‘दैनिक मूल्य समायोजन’ प्रणालीअनुसार हरेक बिहान ६ बजे नयाँ दर सार्वजनिक गर्छन् ।
उपभोक्तासम्म पुग्दा पेट्रोल र डिजेलको मूल्यमा विभिन्न कर र खर्च जोडिन्छन्।
पहिलो, कच्चा तेलको आधार मूल्य। भारतले आफ्नो आवश्यकता अनुसार करिब ९० प्रतिशत कच्चा तेल आयात गर्छ। दोस्रो, रिफाइनरी खर्च र कम्पनीको मार्जिन, जहाँ कच्चा तेललाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ बनाइन्छ । तेस्रो, केन्द्र सरकारले लगाउने उत्पाद शुल्क र सडक कर । चौथो, डिलर कमिसन, जुन खुद्रा बिक्रेतालाई दिइन्छ । पाँचौँ, राज्य सरकारले लगाउने मूल्य अभिवृद्धि कर, जसका कारण विभिन्न शहरमा इन्धनको मूल्य फरक–फरक हुने गर्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।