भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य
९ जेठ, २०८३, शनिवार
- भारतीय समाचार संस्था पिटिआईका अनुसार राजधानी नयाँदिल्लीमा पेट्रोलको मूल्य बढेर प्रतिलिटर ९९. ५१ भारतीय रुपैयाँ पुगेको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर ९२.४९ भारतीय रुपैयाँ कायम गरिएको छ ।
काठमाडौँ: भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढाइएको छ । शनिबार पेट्रोल प्रतिलिटर ८७ पैसा र डिजेल प्रतिलिटर ९१ पैसा महँगो बनाइएको हो ।
भारतीय समाचार संस्था पिटिआईका अनुसार राजधानी नयाँदिल्लीमा पेट्रोलको मूल्य बढेर प्रतिलिटर ९९. ५१ भारतीय रुपैयाँ पुगेको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर ९२.४९ भारतीय रुपैयाँ कायम गरिएको छ ।
मे १५ यता इन्धनको मूल्य बढाइएको यो तेस्रो पटक हो । लगातार भइरहेको मूल्यवृद्धिको मुख्य कारण मध्यपूर्वमा जारी तनावलाई मानिएको छ । तनावका कारण तेल आपूर्तिमा असर परेको बताइएको छ ।
यसअघि मे १५ मा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाइएको थियो । त्यसपछि मे १९ मा करिब ९० पैसाले पुनः मूल्यवृद्धि गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।