निजी क्षेत्रले जनमतको सम्मान गरेर अगाडी बढोस्- अर्थमन्त्री डा. वाग्ले
२१ बैसाख, २०८३, सोमवार
- नेपाल उद्योग वाणिज्य महासंघको बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले निजी क्षेत्रले अहिलेको वास्तविकतालाई स्वीकार गरेर आफुलाई बदलेर अगाडी बढ्न आग्रह गरेका हुन् ।
काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अहिलेको जनमतलाई सम्मान गरेर अगाडी जानुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले निजी क्षेत्रले अहिलेको वास्तविकतालाई स्वीकार गरेर आफुलाई बदलेर अगाडी बढ्न आग्रह गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले सरकार असल नियत बोकेर काम गरिरहेको भन्दै निजी क्षेत्रले पुराना कुराहरु छोडेर साथ दिनुपर्ने बताएका छन् । उनले सरकारले चुनावका समयमा सार्बजनिक गरेका बाचा पत्रमा उल्लेखित बुँदाहरु क्रमश कार्यान्वयन गर्दै जाने बताउदै सरकारले तिनै बाचाहरु लागु गर्ने स्पष्ट गरेका छन् ।
उनले कुनै किसिमको सरप्राइज नहुन आग्रह गर्दै हामीले गरेका बाचाहरुलाई पुरा गर्दै जाने बताए । उनले निजी क्षेत्रलाई आतंकित नहुन आग्रह गर्दै उद्योगी व्यवसायीको आवरणमा अपराधिक काम गर्नेहरुलाई भने सरकारले नछोड्ने स्पष्ट गरे ।
अर्थमन्त्री वाग्लेले सरकारले करिब ७ बर्षको समयमा सय बिलियन डलरको अर्थतन्त्र बनाउन गरि काम गरिरहेको बताए । उनले बजेट कस्तो आउछ भनेर गुप्तचरी गर्न नपर्ने भन्दै रास्वपाको बाचा पत्र अनुसारकै बजेट आउने स्पष्ट गरे ।
उनले हाइड्रो र पर्यटनको गीत गाएको धेरै बर्ष भएको भन्दै सबै नयाँ काम सुशासनको जगमा ल्याउने स्पष्ट गरे । उनले सहि नीति सहि नियतका साथ काम गर्ने भन्दै सरकार नडराएर काम गरिरहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
१० प्रतिशत निःशुल्क शय्या सेवामा स्वास्थ्य मन्त्रालयको कडाइ
-
राहदानी ऐन उल्लङ्घन प्रकरणमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
-
साँस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधिमाथि छलफल
-
ट्रम्पको दाबी इरानद्वारा अस्वीकार, अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट
-
जुलाई महिनामा नेपाल आए ७१ हजार विदेशी पर्यटक
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।