युद्धका कारण इरानको करिब ४ अर्ब ८० करोड डलर बराबरको तेल आम्दानी गुम्यो
१९ बैसाख, २०८३, शनिवार
- तर इरानले भने अमेरिकाको दाबी अस्वीकार गरेको छ । दक्षिण अफ्रिकास्थित इरानी दूतावासले अमेरिका नै युद्धमा कमजोर बनेको दाबी गर्दै यस्तो अभिव्यक्ति निराशाबाट आएको प्रतिक्रिया भएको जनाएको छ ।
काठमाडौँ: अमेरिकाले लगाएको समुद्री नाकाबन्दीका कारण इरानलाई करिब ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको तेल आम्दानी गुमेको बताइएको छ। एक्सियोसको रिपोर्ट अनुसार यो आँकडा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले सार्वजनिक गरेको हो।
पेन्टागनका प्रवक्ता शोन पार्नेलले समुद्रमा लागू गरिएको नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहेको र त्यसको असर स्पष्ट देखिन थालेको बताएका छन्। उनका अनुसार यसले इरानको आर्थिक स्रोत जुटाउने क्षमतामा ठूलो धक्का पुगेको छ।
तर इरानले भने अमेरिकाको दाबी अस्वीकार गरेको छ । दक्षिण अफ्रिकास्थित इरानी दूतावासले अमेरिका नै युद्धमा कमजोर बनेको दाबी गर्दै यस्तो अभिव्यक्ति निराशाबाट आएको प्रतिक्रिया भएको जनाएको छ ।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका सँग फेरि वार्ताका लागि तयार रहेको बताएका छन् । तर उनले वार्ता अघि धम्कीपूर्ण भाषा बन्द गर्नुपर्ने शर्त राखेका छन् ।
इरानको प्रेस टिभीका अनुसार अराघचीले टर्की, कतार, साउदी अरेबिया, इजिप्ट, इराक र अजरबैजानका समकक्षीहरूसँग हालको अवस्थाबारे जानकारी गराउँदै इरानले युद्ध सुरु नगरेको र कुनै पनि नयाँ आक्रमणको जवाफ दिन सेना पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
उनले पाकिस्तानको मध्यस्थतामा हालै भएको वार्तामा इरानले इमान्दारीपूर्वक सहभागिता जनाएको उल्लेख गर्दै अमेरिका प्रति विश्वास कम रहेको पनि बताए । उनका अनुसार विगतमा अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेको अनुभव रहेको छ।
अर्कोतर्फ अमेरिकाले पश्चिम एशियामा आफ्ना सहयोगी देशहरूलाई सुदृढ बनाउन ८ अर्ब ६० करोड अमेरिकी डलरभन्दा बढीको हतियार सम्झौता स्वीकृत गरेको छ । यी सम्झौतामा हवाई रक्षा प्रणाली, क्षेप्यास्त्र र अन्य सैन्य उपकरण समावेश छन् । अल जजीराका अनुसार यस प्याकेजमा इजरायलसहित कतार, कुवेत र संयुक्त अरब इमिरेट्स समेटिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विश्वकपमा निजी लगानीकर्ता भित्र्याउने योजनामा विवाद, युरोपको बहिष्कार गर्ने चेतावनी
-
ट्रम्पको ‘शान्ति बोर्ड’ योजनामा हमास सहमत, निशस्त्रीकरण हुन तयार
-
कुवेत आक्रमणमा नेपालीको मृत्युप्रति नेपाल सरकारद्वारा कडा निन्दा
-
गृहमन्त्री र सुनसरी घटनाका मृतक परिवारबीच ७ बुँदे सहमति
-
राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसुची
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।