पर्यटन प्रवर्द्धनका लागि ‘फ्री भिसा अन एराइभल’ को व्यवस्था आवश्यक: अध्यक्ष ढकाल
२०८२ पुष १७ विहीवार
- भिसा शुल्कभन्दा ‘फ्री भिसा’ को सन्देशले अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धनमा ठुलो योगदान पुग्ने बताएका हुन्।
काठमाडौँ: नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको पर्यटन प्रवर्द्धनका लागि केही निश्चित देशहरूका पर्यटकलाई ‘फ्री भिसा अन एराइभल’ को व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्।
अध्यागमन विभागले सुरु गरेको नयाँ सूचना प्रणालीको सन्दर्भमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भिसा शुल्कभन्दा ‘फ्री भिसा’ को सन्देशले अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धनमा ठुलो योगदान पुग्ने बताएका हुन्।
साथै उनले अपर मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि यसअघि रहेको ५०० डलरको प्रवेश शुल्कलाई घटाएर ५० डलर कायम गर्ने सरकारको निर्णयको स्वागत गरेका छन्। यो निर्णयले विशेष गरी छिमेकी मुलुक चीन र अन्य देशबाट आउने पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ थियो। इन्डोनेसियाको उदाहरण दिँदै उनले भने, "यदि भिसा शुल्कबाट प्राप्त हुने राजस्वको हिस्सा धेरै ठुलो छैन भने, केही देशहरूलाई फ्री भिसा दिएर पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढाउन सकिन्छ।"
त्यस्तै, अध्यागमन (इमिग्रेसन) डेस्क पर्यटकका लागि नेपालको पहिलो ‘इन्ट्री प्वाइन्ट’ भएकाले त्यहाँका कर्मचारीको व्यवहार र सेवा अत्यन्तै पर्यटक मैत्री र मर्यादित हुनुपर्नेमा ढकालले जोड दिए। विगतमा बिजनेस क्लास र नर्मल क्लासका लागि एउटै काउन्टर राख्ने जस्ता ‘पपुलर’ तर अव्यावहारिक निर्णयले प्रिमियम शुल्क तिर्ने पर्यटकलाई मर्का परेको भन्दै उनले अन्तर्राष्ट्रिय अभ्यास अनुसारका सुविधाहरू उपलब्ध गराउन आग्रह समेत गरेका छन्।
अध्यागमन विभागले अगाडि बढाएको सूचना प्रणाली र सुधारका कार्यहरूमा निजी क्षेत्रको पूर्ण समर्थन र प्रतिबद्धता रहेको समेत जानकारी दिए। पर्यटन पूर्वाधारका रूपमा विमानस्थल र होटलहरू तयार भइरहेको अवस्थामा अध्यागमनको लजिस्टिक र प्रणालीलाई पनि उत्तिकै सुदृढ बनाउनुपर्ने उनको सुझाव थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।