माछापुच्छ्रे क्यापिटल र नर्थ समिट हाइड्रो लिमिटेडबिच सम्झौता
२०८२ जेठ २३ शुक्रवार
- शुक्रबार भएको सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे« क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं : माछापुच्छ्रे« क्यापिटल लिमिटेड तथा नर्थ समिट हाइड्रो लिमिटेडबिच सम्झौता भएको छ । नर्थ समिट हाइड्रो लिमिटेडको प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदानका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
शुक्रबार भएको सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे« क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
नर्थ समिट हाइड्रो लिमिटेडले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८,४०,००० कित्ताको प्रति शेयर अंकित मुल्य रु.१००÷ का दरले हुन आउने रकम ३८ करोड ४० बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे« क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिविक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको हो ।
नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदी खोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मे.वा. क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ«े बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ«े क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाण्डौलाई भ्रष्टाचारका गतिविधिको दृष्टिकोणबाट मात्र नभई जासुसी तथा गुप्तचर गतिविधिको सम्भावित केन्द्रका रूपमा समेत अध्ययन गर्नुपर्छ - अभियान संयोजक सौरभ राज पन्त
-
उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी
-
रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार
-
इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।