बीमाको दायरा बढाउन जनताको विश्वास जगाउने गरी काम गर्न आवश्यक:अध्यक्ष दहाल
२०८१ पुस १७ गते बुधबार
- बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले समस्या परेको समयमा बीमाले सहयोग गर्छ भन्ने विश्वास जनतालाई दिलाउनु पर्ने बताएका हुन् ।
काठमाडौं नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमाप्रति जनताको विश्वास जगाउनेगरी काम गर्न सक्नु पर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले समस्या परेको समयमा बीमाले सहयोग गर्छ भन्ने विश्वास जनतालाई दिलाउनु पर्ने बताएका हुन् ।
उनले भने, ‘बीमाको दायरा बढाउनको लागि पहिलो कुरा बीमा गरेर के फाइदा हुन्छ भन्ने बारे जनचेतना फैलाउनु हो भने दोस्रो कुरा समस्या परेको समयमा बीमाले सहयोग गर्छ भन्ने विश्वास दिलाउनु पर्छ ।’
यसको साथै, उनले भविष्यमा बीमा प्राधिकरणक पनि राष्ट्र बैंक जस्तै नियामक निकाय बन्ने भन्दै त्यो लाइनमा नेपाल सरकारको सोच रहेको बताए ।
उनले भने, ‘तपाईहरुले राष्ट्र बैंक जस्तो नियमन बीमा प्राधिकरणकमा अहिले खोजेर हुन्छ । बीमा प्राधिकरणक बीमा समितिबाट हुदैँ बल्ल बीमा ऐन आएर नियमावली अहिले मन्त्रिपरिषद्मा छ । नेपाल राष्ट्र बैंक कहिले सुरु भएको त्यसको क्षमता, कार्यक्रमहरु हेर्ने हो भने हामी विस्तारै बामे सर्दै छौ । कालन्तरमा हुने त्यही नै हो । बीमा प्राधिकरणक पनि भोलीका दिनमा राष्ट्र बैंक जस्तै नियामक निकायको रुपमा हुन्छ । त्यो लाइनमा नेपाल सरकारको सोच छ । विस्तारै जिल्ला जिल्लामा जाने समय पनि आउछ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ग्यास अभाव बारे प्रधानमन्त्री कार्यालयमा छलफल
-
अमरेशको सरकारलाई प्रश्न- मधेसका घटनामा लाठीभन्दा पहिला गोली किन चल्छ ?
-
सुनसरी घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्न एमालेको माग
-
एक लाख घुससहित नुवाकोटम्यागङ गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ
-
काँग्रेसले आन्दोलनरत पक्षसँग सरकारले गरेको सहमतिमा उठायो प्रश्न
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।