असोज २७ गतेसम्म मैले मोबाइल चलाउन पाइन: ओली

२०८२ कार्त्तिक ०२ आइतवार
सारांश
  • आइतबार सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै ओलीले प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म आफूले मोबाइल चलाउन नपाएको बताउदै सेनाले आफ्नो मोबाइल लिएको बताएका हुन् ।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा सेनाको सुरक्षामा बस्दा आफ्नो मोबाइल सिज गरिएको बताएका छन् ।
 

आइतबार सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै ओलीले प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म आफूले मोबाइल चलाउन नपाएको बताउदै सेनाले आफ्नो मोबाइल लिएको बताएका हुन् ।
 

उनले भने- 'राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ । यसलाई तपाईंहरु जेसुकै संज्ञा दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिए । प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मेरो मोबाइल सिज गरिएको थियो । त्यसैले म २७ गते बेलुकासम्म म कन्ट्याक्टमा रहिन ।’
 

ओलीलाई तपाइँ सेनाको सुरक्षामा या नियन्त्रण के मा हुनुहुन्थ्यो ? भन्ने प्रश्नको जवाफ दिदै ओलीले यस्तो बताएका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार