- गत वर्ष असार २३ सम्म ४३.५ प्रतिशत धान रोपाइँ सकिएको थियो ।
काठमाडौं: यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसमध्ये सूदूरपश्चिममा सबैभन्दा धेरै ८२.८ प्रतिशत रोपाइँ सकिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशभर १३ लाख ८७ हजार ४१५ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा ५ लाख ८० हजार ८८६ हेक्टर जमिनमा रोपाइँ सकिएको हो ।
गत वर्ष असार २३ सम्म ४३.५ प्रतिशत धान रोपाइँ सकिएको थियो ।
प्रदेशगत हिसाबले सूदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ८२.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधि सम्म सूदूरपश्चिममा ८६ प्रतिशत धान रोपाइँ सकिएको थियो ।
सूदूरपश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म १ लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ सकिएको हो ।
कर्णाली प्रदेशमा हाल सम्म ७१.७ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा ४० हजार ८८४ हेक्टरु जमिनमा धान खेती गरिन्छ ।
त्यसमध्ये हालसम्म करिब २९ हजार २९९ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यस अवधिसम्म भने यस प्रदेशमा हालसम्म करिब ७८ प्रतिशत रोपाइँ सकिएको थियो ।
लुम्बीनी प्रदेशमा हाल सम्म ५२.१ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म लुम्बीनीमा ४४.४ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ९३६ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।
गण्डकी प्रदेशमा हाल सम्म ५५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म यस प्रदेशमा ४९.७ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो । यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको छ ।
बागमती प्रदेशमा हाल सम्म ५१.९ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म यहाँ करीब साढे ४१ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको मन्त्रालयले जनाएको छ ।
मधेश प्रदेशमा हाल सम्म सबैभन्दा कम १३.६ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म यस प्रदेशमा ३४.४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यस प्रदेशमा कुल ३ लाख ७६ हजार ३२७ हेक्टर जमिनमा धानखेती हुनेगरेको छ ।
कोशी प्रदेशमा हाल सम्म २९.५ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । यहाँ गतवर्ष यस अवधि सम्म ३४.४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।