आलुको बिउ राख्ने कोल्ड स्टोरहरु बन्द हुने अवस्थामा पुगेकोमा मन्त्री चिन्तित

२०८२ जेठ १६ गते शुक्रवार
सारांश
  • शुक्रबार दोस्रो आलु शिखर सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले देशभरी थुप्रै कोल्ड स्टोरहरु खुलेका तर बन्द हुने अवस्थामा पुगेको बताएका हुन् ।

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आलुको बिउका लागि राख्ने कोल्ड स्टोरहरु बन्द हुने अवस्थामा पुगेको बताएका छन् ।  


शुक्रबार दोस्रो आलु शिखर सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले देशभरी थुप्रै कोल्ड स्टोरहरु खुलेका तर बन्द हुने अवस्थामा पुगेको बताएका हुन् । 


उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्र्तगत १७ वटा जोन रहेका छन् । यस पटक धेरै ठाउँमा बृद्धि गर्नका लागि प्रस्तावहरु आएका छन् । आलुको जोन बनाउन निवेदन आएको छ । देशभरी थुप्रै कोल्ड स्टोरहरु खुलेका छन् । कोल्ड स्टोरका अध्यक्षहरु यतै हुनुन्छ । पैसा तिर्न सकेको छैन । कोल्ड स्टोरहरु डुब्ने अवस्थामा पुगेका छन् । त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने छ ।’


उनले नेपालमा आलु उत्पादनका लागि सरकारले मात्र नभइ सबैको साझा प्रयास जरुरी रहेको बताए  । मन्त्री अधिकारीले नेपाल आलुमा आत्मनिर्भर हुन उत्पादकत्वमा बृद्धि गनुपर्ने पनि बताए ।    


‘आलुले कृषिको कुलग्राहस्त उत्पादनको ६.३५ प्रतिशत योगदान गरेको छ । मागको ९० प्रतिशत खपतले आन्तरिक उत्पादनको भुमिका रहेको छ । नेपाल आलुमा आत्मनिर्भर हुन हालको उत्पादकत्व १७.२० मेट्रिटन प्रतिहेक्टरलाई बृद्धि गरी १८.४६ मेट्रिटनमा पुर्याउन आवश्यक देखिन्छ,’ उनले भने ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार