गैडाटारमा जंगली हात्तीले केरा माडेर नष्ट

२०८१ पुष २७ गते शनिवार
सारांश
  • हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेपछि वरपरका बासिन्दा रातभर त्रासमा बस्ने गरेको उनको भनाइ छ ।

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारमा जंगली हात्तीले आतंक मच्चाएको छ ।  केही दिनदेखि गैडाटार गाउँ आसपासको क्षेत्रमा जंगली हात्ती देखा परेको हो । 


बस्ति नजिकमा देखा परेको हात्तीले केरा तथा अन्य बाली खानुको साथै माडेर नष्ट पारिदिएको छ । प्राय: दिनँहु हात्तीले दुख दिँदा र बालिनाली नष्ट गर्दा पनि सम्बन्धित निकायले नियन्त्रणमा चासो नदिएको स्थानिय सम्पूर्ण चौहानको आरोप छ । 


हात्तीले पटक–पटक गरेर करिब एक बिघामा लगाएको केराखेती नष्ट गरेको उनले जानकारी दिए । सो गाउँका हरिशरण गौतमको १३ कट्ठामा लगाएको चार सय बोट, दीपक गौतमको ८० बोट, सम्पूर्ण चौहानको दुई सय ५५ बोट र अनिल भण्डारीको ५० बोट केरा नष्ट गरेको छ ।


हात्तीले मकैबारी,  केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेपछि वरपरका बासिन्दा रातभर त्रासमा बस्ने गरेको उनको भनाइ छ ।


गाँउ नजिकै रातिको समयमा हाति देखा पर्न थालेपछि रातैभर सुत्न समेत नपाएको गाँउलेहरुको गुनासो छ । डिभिजन वन कार्यालय रौतहटले जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । 


यसअघि  हात्तीको आक्रमणबाट मानवीय क्षतिका घटना भएकाले बिहान झिसमिसेमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । वन कार्यालयले बिहानीपख निस्कनै पर्ने भए टर्च लाइट बोकेर समूहमा मात्र हिँड्डुल गर्न सुझाव दिएको छ । डिभिजन वन कार्यालय रौतहटका अनुसार पछिल्ला केहि बर्षमा हातिको आक्रमणबाट मानव, घर वा बालिनालीमा क्षति हुँदै आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार