- मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफुलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना वनाउन आवश्यक रहको छ बताए ।
काठमाडौं: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।
सातवटै प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा वसेको विषयगत समितिको १० औं बैठकको अध्यक्षता गर्दे मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउनगरी योजना वनाउनुपर्ने र कार्यन्वयनलाई प्रभावकारी वनाउन पर्नेमा जोड दिए ।
बाँझो रहेका जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरी स्थानीय तहमार्फत कानुन तथा कार्यविधि वनाई लागू गर्न आवश्यक रहेको भन्दै मन्त्री अधिकारीले यसका लागि प्रदेश र संघीय सरकारले सर्शत र विशेष अनुदान उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे।
मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफुलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना वनाउन आवश्यक रहको छ बताए । विदेशवाट फर्किएकाहरुलाई स्वदेशमै कृषि क्षेत्रमा लगाउने आधार वनाउने गरि काम गर्न पनि मन्त्री अधिकारीले आग्रह गरे ।
बैठकमा सातै प्रदेशका कृषिसँग सम्वन्धित सचिवहरुले प्रदेशमा कृषि क्षेत्रको हालको अवस्था बारे प्रस्तुती गरेका थिए भने प्रदेशमन्त्रीहरुले आ–आफनो धारणा व्यक्त गरेका थिए ।
बैठकमा यस अघि वसेको नवौ बैठकले गरेका निर्णय कार्यन्वयनको समिक्षा भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।