इन्स्टाग्राममा बालबालिका दुर्व्यवहारसँग सम्बन्धित सामग्री देखिएपछि भारतले माग्यो मेटासँग जवाफ
२१ आषाढ़, २०८३, आइतवार
- सरकारले मेटासँग सामग्री निगरानी प्रणाली, विज्ञापन परीक्षण प्रक्रिया तथा अवैध र हानिकारक सामग्री नियन्त्रणका लागि कम्पनीले अपनाएका उपायबारे विस्तृत प्रतिवेदन पनि माग्न सक्ने बताइएको छ । यस विषयमा मेटाले कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
काठमाडौँ: भारत सरकारले बालबालिकाको यौन शोषण तथा दुर्व्यवहारसँग सम्बन्धित सामग्रीलाई प्रवर्द्धन गर्ने सशुल्क विज्ञापन इन्स्टाग्राममा देखिएको विषयलाई लिएर मेटासँग जवाफ मागेको छ ।
भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले बालबालिकाको यौन शोषण तथा दुर्व्यवहारसँग सम्बन्धित सामग्रीलाई प्रवर्द्धन गर्ने वा त्यस्ता सामग्रीमा सहज पहुँच गराउने सबै विज्ञापन तथा सामग्री तत्काल हटाउन इन्स्टाग्रामलाई निर्देशन दिएको छ । साथै मन्त्रालयले यस विषयमा सात दिनभित्र विस्तृत जवाफ पेस गर्न मेटालाई भनेको छ ।
सरकारले मेटासँग सामग्री निगरानी प्रणाली, विज्ञापन परीक्षण प्रक्रिया तथा अवैध र हानिकारक सामग्री नियन्त्रणका लागि कम्पनीले अपनाएका उपायबारे विस्तृत प्रतिवेदन पनि माग्न सक्ने बताइएको छ । यस विषयमा मेटाले कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
यसअघि पनि मन्त्रालयले इन्स्टाग्राममा यस्ता विज्ञापन कसरी प्रसारण भए, तिनलाई रोक्न कम्पनीले के–कस्ता कदम चाल्यो र बालबालिकाको यौन शोषणसँग सम्बन्धित सामग्रीलाई प्रवर्द्धन गर्ने विज्ञापन रोक्न भविष्यमा कस्ता उपाय अपनाइँदै छन् भन्नेबारे स्पष्टीकरण मागेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।