- यस घटनाबारे मेटाका प्रवक्ताले कार्यक्रमलाई गोपनीयता सुरक्षालाई ध्यानमा राखेर सावधानीपूर्वक डिजाइन गरिएको बताएका छन् । उनका अनुसार अहिलेसम्म कुनै कर्मचारीले चुहिएको डेटाको दुरुपयोग गरेको प्रमाण फेला परेको छैन । तर पूर्ण अनुसन्धान नसकिएसम्म कार्यक्रम स्थगित गरिएको छ ।
काठमाडौँ: सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्ना कर्मचारीहरूको कम्प्युटर प्रयोग गर्ने तरिका र गतिविधि सङ्कलन गरेर कृत्रिम बुद्धिमत्ता प्रणालीलाई प्रशिक्षण दिने उद्देश्यले सुरु गरेको आन्तरिक कार्यक्रम ठूलो डेटा चुहावटको घटनापछि विवादमा परेको छ ।
मेटाले सन् २०२६ अप्रिलमा ‘मोडेल क्षमता पहल’ नामक आन्तरिक कृत्रिम बुद्धिमत्ता प्रशिक्षण कार्यक्रम सुरु गरेको थियो । कम्पनीको मेटा सुपर सुपरइन्टेलिजेन्स ल्याब्स टोलीले विकास गरेको यो कार्यक्रमको उद्देश्य कृत्रिम बुद्धिमत्ता प्रणालीलाई मानिसहरूले कम्प्युटर कसरी प्रयोग गर्छन् भन्ने कुरा सिकाउनु थियो ।
यसअन्तर्गत ड्रपडाउन सूची छनोट गर्ने, किबोर्ड शर्टकटको उपयोग गर्ने, विभिन्न स्क्रिन सञ्चालन गर्ने जस्ता गतिविधि बुझाउन कर्मचारीहरूको वास्तविक प्रयोग ढाँचा अभिलेख गरिएको थियो । प्रतिवेदनहरूका अनुसार यो प्रणालीले कर्मचारीहरूले थिचेका कि-स्ट्रोक्सहरू, माउसको गतिविधि, क्लिक गर्ने ढाँचा तथा कार्यस्थलमा हुने विभिन्न गतिविधिहरू अभिलेख गरिरहेको थियो ।
मेटाले यो डेटा केवल कृत्रिम बुद्धिमत्ता प्रणालीलाई प्रशिक्षण दिनका लागि मात्र प्रयोग गरिने र यसका लागि पर्याप्त गोपनीयता सुरक्षा उपाय अपनाइएको जनाएको थियो । एक प्रतिवेदनअनुसार कम्पनीभित्र सङ्कलन गरिएको डेटा व्यापक आन्तरिक सञ्जालमा उपलब्ध भएपछि समस्या गम्भीर बनेको थियो ।
सार्वजनिक भएका स्क्रिनसटहरूमा कर्मचारीहरूको अत्यन्तै निजी संवाद, कार्यसम्पादनसम्बन्धी विवरण तथा बैठकका लिखित अभिलेख कम्पनीभित्रका धेरै कर्मचारीले हेर्न सक्ने अवस्थामा पुगेका थिए । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै मेटाले यसलाई आन्तरिक रूपमा ‘एसईभी–२’ श्रेणीको ठूलो सुरक्षा जोखिमका रूपमा वर्गीकरण गरेको छ । यो मापन शून्यदेखि पाँचसम्मको स्तरमा आधारित हुन्छ, जसमा शून्य सबैभन्दा गम्भीर अवस्था मानिन्छ ।
यति ठूलो परिमाणमा डेटा चुहावट भएपछि कर्मचारीहरूले कम्पनीको डेटा सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन् । यो कार्यक्रम सुरु हुँदा अधिकांश कर्मचारीका लागि अनिवार्य बनाइएको थियो, जसका कारण उनीहरू सुरुदेखि नै असहज थिए । त्यसबेला मेटाले यो डेटा अन्य कुनै उद्देश्यका लागि प्रयोग नहुने र पूर्ण रूपमा सुरक्षित राखिने आश्वासन दिएको थियो । तर डेटा चुहावट भएपछि कर्मचारीहरूको असन्तुष्टि बढेको छ ।
एक कर्मचारीले कम्पनीको आन्तरिक समूहमा लेखेका छन्- 'म निकै आक्रोशित छु । बाह्य व्यक्ति वा दुर्भावनापूर्ण पहुँच भएको कुनै प्रमाण नदेखिए पनि सुरुमै गरिएको वाचा अनुसार डेटा पूर्ण रूपमा सुरक्षित नराखिनु निकै निराशाजनक छ ।'
यस घटनाबारे मेटाका प्रवक्ताले कार्यक्रमलाई गोपनीयता सुरक्षालाई ध्यानमा राखेर सावधानीपूर्वक डिजाइन गरिएको बताएका छन् । उनका अनुसार अहिलेसम्म कुनै कर्मचारीले चुहिएको डेटाको दुरुपयोग गरेको प्रमाण फेला परेको छैन । तर पूर्ण अनुसन्धान नसकिएसम्म कार्यक्रम स्थगित गरिएको छ ।
यद्यपि कार्यक्रम रोके पनि मेटाले कृत्रिम बुद्धिमत्ताका लागि डेटा सङ्कलन गर्ने योजना भने नरोकेको जनाएको छ ।
कम्पनीका प्राविधिक प्रमुख एन्ड्र्यु बोस्वर्थले अर्को आन्तरिक सन्देशमार्फत ‘कार्यस्थलका लागि कृत्रिम बुद्धिमत्ता’ योजनाअन्तर्गत आन्तरिक डेटा सङ्कलनलाई अझ तीव्र बनाइने जानकारी दिएका छन् । यस योजनालाई अब ‘एजेन्ट ट्रान्सफर्मेसन एक्सेलेरेटर’ नाम दिइएको छ ।
मेटाले भविष्यमा यस्ता कृत्रिम बुद्धिमत्ता सहायक विकसित हुनेछन्, जसले मानिसहरूको दैनिक कम्प्युटर प्रयोगसम्बन्धी काममा सहयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार कृत्रिम बुद्धिमत्तालाई मानिसजस्तै काम गर्न सिकाउनका लागि मानिसहरूले वास्तवमा कम्प्युटरसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने कुरा बुझ्न आवश्यक हुन्छ । यही उद्देश्यका साथ कर्मचारीहरूको वास्तविक गतिविधिका आधारमा कृत्रिम बुद्धिमत्ता प्रणालीलाई प्रशिक्षण दिइँदै आएको थियो ।
प्रतिवेदनहरूका अनुसार यो कार्यक्रम कम्पनीका अधिकांश कर्मचारीका लागि अनिवार्य बनाइएको थियो । यसै कारण सुरुदेखि नै धेरै कर्मचारीहरूले यसप्रति असहजता व्यक्त गरेका थिए । उनीहरूलाई आफ्ना व्यक्तिगत गतिविधि र व्यवहारसम्बन्धी विवरणहरू पनि अभिलेख भइरहेका हुन् कि भन्ने चिन्ता थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।