एप्पलले सिरीमा ठुलो परिवर्तन ल्याउदै, के के आउदैछन् फिचर ?
२०८२ चैत्र १३ शुक्रवार
- एप्पलले यस बर्षको वोर्ल्डवाइड डेभलपर कन्फेरेन्सबाट आफ्नो भर्चुअल सहायक सिरीमा ठूला परिवर्तन ल्याउने तयारी गरेको छ ।
काठमाण्डौ, १३ चैत्र । एप्पलले यस बर्षको वोर्ल्डवाइड डेभलपर कन्फेरेन्सबाट आफ्नो भर्चुअल सहायक सिरीमा ठूला परिवर्तन ल्याउने तयारी गरेको छ । नयाँ आइओएस २७ सँगै सिरीलाई दैनिक प्रयोगमा अझ उपयोगी बनाउने कम्पनीको लक्ष्य रहेको बताइएको छ ।
रिपोर्टअनुसार अब सिरी केवल साधारण आवाज आदेशमा सीमित हुने छैन । नयाँ अपडेटमा ‘आस्क सिरी’ नामको बटन आउनेछ, जसले विभिन्न एप्सभित्रै सिधै सिरी प्रयोग गर्न सजिलो बनाउनेछ । यसमार्फत प्रयोगकर्ताले स्क्रिनमा देखिएको सामग्री चयन गरेर तुरुन्तै त्यसको सार वा थप जानकारी लिन सक्नेछन् ।
सिरीको स्वरूपमा पनि परिवर्तन गरिने भएको छ । अहिले देखिने स्क्रिनभरि फैलिने प्रकाश प्रभाव हटाएर सानो र कम्प्याक्ट प्यानल राखिने तयारी छ । यसले काम गर्दै गर्दा पनि सहज रूपमा सिरी प्रयोग गर्न सकिने बताइएको छ ।
यसका साथै सिरीको आफ्नै छुट्टै एप ल्याउने तयारी भइरहेको छ । यस एपमार्फत प्रयोगकर्ताले पुराना कुराकानी सुरक्षित राख्न, खोज्न र आवश्यक सामग्री ‘पिन’ गर्न सक्नेछन् । आवाज र लेखेर दुवै तरिकाले सिरी प्रयोग गर्न मिल्ने सुविधा पनि थपिनेछ ।
कम्पनीले सिरीलाई कृत्रिम बुद्धिमत्तामार्फत अझ समझदार बनाउने योजना बनाएको छ । अब सिरीले प्रयोगकर्ताको सन्दर्भ बुझेर अझ सही र उपयोगी जवाफ दिन सक्नेछ। यसले सन्देश, नोट र क्यालेन्डर जस्ता एप्ससँग पनि राम्रो समन्वय गर्नेछ ।
यी नयाँ सुविधाहरूको घोषणा जुन ८ देखि १२ सम्म हुने कार्यक्रममा गरिने सम्भावना छ । तर सबै सुविधा एकैपटक नआइ क्रमशः अपडेटमार्फत उपलब्ध गराइने जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भारतीय सेनाध्यक्ष सेठबाट शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण
-
युक्रेनलाई ड्रोन दिएको भन्दै बेलायतलाई रुसको चेतावनी
-
इमरानलाई ४८ घण्टाभित्र अस्पताल भर्ना गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश
-
१५औँ महाधिवेशन बारे काँग्रेसले के के निर्णय गर्यो ?
-
नेप्से १९.३४ अंकले घट्यो, ५ अर्ब ७ करोडको कारोबार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।