हिमलुङ हिमपहिरोमा बेपत्ता १५ जनाको शव फेला, एक अझै बेपत्ता
१६ असोज, २०८३, शुक्रवार
- अत्यन्त कठिन मौसम र १४ फिटभन्दा बढी हिउँ जमेको अवस्थामा पनि टोलीले सम्भावित जीवित व्यक्तिको खोजी गर्नुका साथै ज्यान गुमाएकाहरूको शव निकालेको एनएनएमजीएले जनाएको छ ।
काठमाडौँ: हिमलुङ हिमाल आधार शिविरमा नेपाल पर्वतारोहण तथा पर्वतीय मार्गदर्शन संघको खोज तथा उद्धार टोलीले १५ जनाको शव फेला पारेको छ भने एक जना अझै बेपत्ता रहेका छन् ।
पाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार उद्धार गरिएका तथा पहिचान भएका व्यक्तिमा छेबी भोते, पासाङ भोते, वीरेन्द्र गुरुङ, घनश्याम राई, बिर्ख ध्वज तामाङ, जगत तामाङ, कलाम बुढा, लकुमार राई, ङिमा दोर्जे तामाङ, सन्ता वीर तामाङ, सुरज राई, उर्खा ध्वज बोहरा, प्रेम तामाङ, किर्ते शेर्पा र आश गुरुङ रहेका छन् । त्यस्तै, पासाङ नुरी शेर्पा भने अझै बेपत्ता रहेका छन् ।
अत्यन्त कठिन मौसम र १४ फिटभन्दा बढी हिउँ जमेको अवस्थामा पनि टोलीले सम्भावित जीवित व्यक्तिको खोजी गर्नुका साथै ज्यान गुमाएकाहरूको शव निकालेको एनएनएमजीएले जनाएको छ ।
खोज तथा उद्धार अभियानको पहिलो चरणको नेतृत्व अन्तर्राष्ट्रिय पर्वतीय मार्गदर्शक महासंघका पर्वतीय मार्गदर्शक मिङ्मा जी. शेर्पाले गरेका थिए । त्यसपछि दोस्रो चरणको नेतृत्व अन्तर्राष्ट्रिय पर्वतीय मार्गदर्शक महासंघका पर्वतीय मार्गदर्शक पासाङ काजी शेर्पाले गरेका थिए ।
मनाङको हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा असोज ११ गते गएको हिमपहिरोमा १२ जना भान्साका कर्मचारी र दुई जना गाइड बेपत्ता भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अर्थमन्त्री डा. वाग्लेले भारतमा दिएको अभिव्यक्तिले नेपालमा तरङ्ग
-
अमेरिकी सैन्य क्षेत्रमाथि कालो त्रिकोणीय वस्तु तिब्र गतिमा उडेको दाबी, अनुसन्धान हुँदै
-
चार वर्षमा तीन युद्ध लडेको इजरायलमा फेरि आमनिर्वाचन, नेतान्याहुको सत्ता दाउमा
-
विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ८ गते आइतबार
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।