दुःखमा परेका परिवारसँग दशैँको खुसी बाँड्न गगन थापाको आग्रह

४ कार्तिक, २०८३
सारांश
  • नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको परिस्थितिमा मनाउन लागिएको विजयादशमीको खुसी दुःखमा परेका परिवारसँग पनि बाँड्न आग्रह गरेका छन् ।

काठमाण्डौ, ०४ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको परिस्थितिमा मनाउन लागिएको विजयादशमीको खुसी दुःखमा परेका परिवारसँग पनि बाँड्न आग्रह गरेका छन् ।

 

विजयादशमी, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना दिएका छन् ।

 

उनले यस वर्षको दशैँमा धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी आफ्नै घरआँगनमा मात्र सीमित राख्न नहुने बताएका छन् ।

 

थापाले भनेका छन्, 'दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ ।'

 

उनले विजयादशमीले आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार