चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३२ जना घाइते
६ कार्तिक, २०८३
- चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बतमा बिहीबार राति ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
काठमाण्डौ, ०६ कार्त्तिक । चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बतमा बिहीबार राति ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार स्थानीय समयअनुसार बिहीबार राति नाग्छु सहरमा भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु उत्तरी तिब्बतको नाग्छु क्षेत्रअन्तर्गत कम जनघनत्व भएको उच्च हिमाली जिल्लामा रहेको थियो । जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको चिनियाँ भूकम्प सञ्जाल केन्द्रले जनाएको छ । केन्द्रबिन्दु आसपासको क्षेत्र समुद्री सतहबाट औसत ४ हजार ८६४ मिटर उचाइमा रहेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पको केन्द्रबिन्दु नजिकैको एउटा गाउँमा कम्तीमा दुई जना घाइते भेटिएका छन् । भूकम्पका कारण केही घरका भित्तामा चिरा परेको छ। भूकम्पको धक्का स्थानीय क्षेत्रमा स्पष्ट महसुस गरिएको थियो । यसको केन्द्रबिन्दु तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर टाढा रहेको छ ।
भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्केर खुला ठाउँ तथा सडकमा पार्क गरिएका गाडीमा आश्रय लिन पुगेका थिए। प्रभावित क्षेत्रमा उद्धार तथा अग्नि नियन्त्रण टोली परिचालन गरिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । ७ म्याग्निच्युडको भूकम्पपछि आसपासका क्षेत्रमा ३ देखि ४ म्याग्निच्युडसम्मका परकम्पसमेत रेकर्ड भएका छन् ।
यो भूकम्प सन् २०२४ जनवरीयता चीनमा गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको समाचारमा उल्लेख छ । यसअघि सन् २०१० मा छिमेकी छिङहाई प्रान्तको युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २ हजार ६९८ जनाको मृत्यु भएको थियो भने करिब ३०० जना बेपत्ता भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थयात्राका लागि भारत जाँदै
-
बलिवुड फिल्म ‘रामायण’ ओटीटीमा जियोहटस्टारमा रिलिज हुने
-
चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३२ जना घाइते
-
दशैंको टीकाको तेस्रो दिन, मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ६ गते शुक्रबार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’