बुद्ध एयरले भित्र्यायो अत्याधुनिक एटीआर ७२-६०० विमान, पोखराको उडान सेवा सुदृढ हुने
९ श्रावण, २०८३, शनिवार
- टेलस कम्पनीद्वारा निर्मित पूर्ण डिजिटल ‘ग्लास ककपिट’ र ५ वटा मल्टिफंक्शनल एलसीडी स्क्रिन जडान गरिएको यो विमान इन्धन खपत कम गर्ने र ध्वनि प्रदूषण घटाउने विशेषतायुक्त छ।
काठमाडौँ: आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले फ्रान्सबाट नयाँ पुस्ताको अत्याधुनिक एटीआर ७२-६०० सिरिजको विमान (नाइनएन-एओएस) भित्र्याएको छ। झन्डै डेढ अर्ब रुपैयाँ लागतमा खरिद गरिएको यो विमान थपिएसँगै बुद्ध एयरको कुल विमान सङ्ख्या १७ पुगेको छ।
टेलस कम्पनीद्वारा निर्मित पूर्ण डिजिटल ‘ग्लास ककपिट’ र ५ वटा मल्टिफंक्शनल एलसीडी स्क्रिन जडान गरिएको यो विमान इन्धन खपत कम गर्ने र ध्वनि प्रदूषण घटाउने विशेषतायुक्त छ।
यस विमानको मुख्य प्राविधिक सबलता भूउपग्रहमा आधारित उच्चस्तरीय आरएनपी-एआर नेभिगेसन प्रणाली हो। यस प्रविधिले कठिन भौगोलिक बनावट र खराब मौसमका बीच पनि कम भिजिबिलिटीमा विमान अवतरण सहज बनाउँछ।
हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान/अवतरणका लागि कम्तीमा ३,१०० मिटर भिजिबिलिटी आवश्यक पर्नेमा यो प्रविधि पूर्ण रूपमा कार्यान्वयन भएपछि १,७०० देखि २,००० मिटरसम्मको कम भिजिबिलिटीमा पनि सुरक्षित अवतरण सम्भव हुनेछ। यसबाट हिउँद र वर्षात्मा मौसमका कारण हुने उडान रद्दको दर ३ प्रतिशतभन्दा तल झर्ने अपेक्षा गरिएको छ।
कम्पनीले यस प्रणालीको सफल प्रयोगपछि पोखराबाट एयरबस (ए३१९) जेटमार्फत सीधा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने दीर्घकालीन लक्ष्य राखेको छ। साथै, आगामी केही महिनाभित्र थप दुई वटा एटीआर ७२-६०० विमान ल्याउने बुद्ध एयरको योजना छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारी वेबसाइटमा सुरक्षित प्रमाणपत्र अनिवार्य गर्न साइबर सुरक्षा केन्द्रको निर्देशन
-
आन्दोलन गर्ने आँट गरेनौं भने सफल हुन सक्दैनौं- ओली
-
तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढ्यो
-
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सकी नवनियुक्त राजदूत इन्जाको शिष्टाचार भेटवार्ता
-
श्रीलंकाका अलराउन्डर थरिन्दु रत्नायके सुदूरपश्चिमबाट एनपीएल खेल्ने
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।