पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार
२०८२ माघ ११ आइतवार
- आइतबार आयोजित पत्रकार सम्मेलनमा सिआइबी प्रमुख केसीले करिब साढे दुई महिनादेखि ‘फेक रेस्क्यु’ सम्बन्धी छुट्टै युनिट तथा कार्यदल गठन गरी अनुसन्धान अघि बढाइएको बताए ।
काठमाडौं । नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई लक्षित गरी उद्धार तथा उपचारको आवरणमा गैरकानुनी गतिविधि भइरहेको तथ्य खुलेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख मनोज कुमार केसीले उक्त गतिविधि आर्थिक हिनामिनासँग सम्बन्धित रहेको आशंका गर्दै सघन अनुसन्धान गरिएको जानकारी दिए ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा सिआइबी प्रमुख केसीले करिब साढे दुई महिनादेखि ‘फेक रेस्क्यु’ सम्बन्धी छुट्टै युनिट तथा कार्यदल गठन गरी अनुसन्धान अघि बढाइएको बताए ।
अनुसन्धानका क्रममा नेपाल राष्ट्र बैंकबाट प्राप्त एक हजारभन्दा बढी कारोबारको विवरण अध्ययन गरिएको उनले बताए । केसीका अनुसार प्रारम्भिक चरणमा ‘माउन्टेन रेस्क्यु सर्भिस’ का १ हजार २४८ वटा कारोबारमध्ये १७१ वटा शंकास्पद देखिएका छन् ।
यस्तै, ‘नेपाल चाटर्ड सर्भिस’ का ४७१ कारोबारमध्ये ७५ वटा शंकास्पद रहेको पाइएको छ । अनुसन्धानका क्रममा करिब तीन करोड रुपैयाँ बराबरको शंकास्पद ट्रान्जेक्सन देखिएको सिआइबीले जनाएको छ ।
उनले भने, ‘साढे दुई महिनाभित्रमा हामीले फेक रिर्सच सम्बन्धि एउटा छुटै युनिट कार्यदल बनाएर कार्य गर्यौं । हजार भन्दा बढी राष्ट्र बैंकबाट प्राप्त रमकहरुको अनुसन्धान गर्यौं । डाटाहरु हेर्दा पहिलो चरणमा माउन्टेन रेस्क्यु सर्भिस भन्नेले १२४८ वटा मध्ये एक सय ७१ वटा शंकास्पद देखियो । नेपाल चाटर्स सर्भिसले ४७१ मा ७५ जना शंकास्पद् छ । लगभग तीन करोड चाँही शंकास्पद् ट्रान्जेक्सन देखिएको अवस्था छ । धेरै समय र धेरै अनुसन्धान गर्यौं । हामीसँग प्रमाण भएको कुरा कानुनी दायरामा ल्याउनुपर्छ भनेर लागेका छौं । नक्कली उद्धार अहिले पनि भइरहेको छ । पहिला मात्रै होइन ।’
उनले नक्कली उद्धारको गतिविधि विगतमा मात्र नभई हाल पनि भइरहेको दाबी गर्दै यसप्रकारका गैरकानुनी कार्य नियन्त्रणका लागि अनुसन्धानलाई निरन्तरता दिइने बताए । यसैगरी सीआईबीले २ हजार भन्दा बढी रेस्क्युको अनुसन्धान गरेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।