- स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले सेभियालाई ४–१ गोलले पराजित गरेको छ ।
काठमाण्डौ, ०२ कार्त्तिक । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले सेभियालाई ४–१ गोलले पराजित गरेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो ।
रियलका लागि आर्दा गुलेरले ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । किलियन एम्बाप्पेले ३७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएपछि रियलले पहिलो हाफमा २–० ले अघि रहेको थियो ।
दोस्रो हाफमा पनि रियलले आक्रामक खेललाई निरन्तरता दिएको थियो । एम्बाप्पेले ६३औँ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले ३–० को अग्रता बनाएको थियो । सेभियाका मानु बुएनोले ८०औँ मिनेटमा गोल गर्दै अन्तर घटाएका थिए । तर, त्यसको दुई मिनेटपछि यान डियोमान्डेले गोल गरेपछि रियल मड्रिडले ४–१ को जित सुनिश्चित गरेको थियो । यस जितसँगै रियल मड्रिडले ला लिगामा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । रियलको ९ खेलमा २१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ । त्यस्तै सेभियाको ९ खेलमा १४ अंक रहेको छ भने लिगमा छैटौं स्थानमा रहेको छ ।
अब रियल म्याड्रिडले ला लिगाको एल क्लासिको अन्तर्गत आइतबार बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’