अफगानिस्तानलाई हराउदै एसियाली खेलकुदको क्रिकेटमा नेपालको विजयी शुरुवात

९ असोज, २०८३, शुक्रवार
सारांश
  • नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

काठमाडौँ । नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

 

अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा सन्दीप जोराले सर्बाधिक ३४ रन बनाएका थिए भने रोहित पौडेलले अविजित ३३ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए ।

 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १०२ रन बनाएको थियो । अफगानिस्तानका लागि फैजल खान अहमदजाइ र नाजिबुल्लाह जद्रानले ३०-३० रन बनाएका थिए  । त्यसैगरी नानगेयालिया खानले अविजित १७ रन बनाएका थिए ।

 

त्यस्तै नेपाली बलर कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए  । अब नेपालले शनिबार जापानसँग खेल्ने तालिका छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार