नेपाल १५७ रनमा अलआउट, नामिबियाका स्मितले लिए ६ विकेट

५ श्रावण, २०८३, मगलवार
सारांश
  • टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४६.५ ओभरमा अल आउट हुदै १५७ रन मात्र बनाएको हो ।

काठमाडौँ: आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले नामिबियालाई १५८ रनको लक्ष्य दिएको छ ।

 

टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४६.५ ओभरमा अल आउट हुदै १५७ रन मात्र बनाएको हो ।

 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३१, दिपेन्द्र सिंह ऐरीले ३०, गुलशन झाले २०, करण केसीले १८ र आसिफ सेखले १६ रन बनाएका थिए ।

 

त्यसैगरी नामिबियाका बलर जेजे स्मितले ६ विकेट लिएका थिए भने ज्याक ब्रासेल र बेर्नार्ड स्कोल्जले २-२ विकेट लिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार