विश्वकप फाइनलपछि भएको झडपबारे अर्जेन्टिनामाथि फिफाले अनुसन्धान गर्दै
२०८३ श्रावण ०५ मङ्गलवार
- विश्वकप फुटबलको फाइनलपछि भएको विवादास्पद घटनाबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान सुरु गरेको छ ।
काठमाण्डौ, ०५ श्रावण । विश्वकप फुटबलको फाइनलपछि भएको विवादास्पद घटनाबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान सुरु गरेको छ ।
फिफाले फाइनल समाप्तिपछि अमेरिकाको मेटलाइफ रङ्गशालामा भएको घटनाको छानबिन गर्न अनुशासन तथा आचारसंहिता सम्बन्धी अभियोजक नियुक्त गरेको जनाएको छ । अनुसन्धानका आधारमा घटनामा संलग्न खेलाडी वा प्रशिक्षकमाथि निलम्बनको कारबाही हुन सक्नेछ भने अर्जेन्टिना फुटबल संघलाई जरिवाना पनि हुन सक्ने फिफाले जनाएको छ ।
विश्वकपको फाइनलमा स्पेनसँग १-० ले पराजित भएपछि अर्जेन्टिनाका केही खेलाडी र टोलीका पदाधिकारी स्पेनका खेलाडीहरू विजयोत्सव मनाइरहेका बेला झडपमा उत्रिएका थिए । उक्त घटनामा नाहुएल मोलिना, लिएन्ड्रो परेडेस, थियागो अल्माडा र सहायक प्रशिक्षक रोबर्टो आयाला संलग्न रहेको बताइएको छ ।
सुरुआतमा परेडेसले स्पेनका एरिक गार्सियाको घाँटी समातेपछि मुख्य रेफ्री स्लाभ्को भिन्चिचले रातो कार्ड देखाएको खबर सार्वजनिक भएको थियो । तर केही समयपछि उक्त रातो कार्डको अभिलेख हटाइएको थियो । फिफाले पनि खेलकै क्रममा परेडेसविरुद्ध कुनै अनुशासनात्मक कारबाही नगरिएको स्पष्ट पारेको छ ।
यसअघि अर्जेन्टिनाका एन्जो फर्नान्डेज अतिरिक्त समयमा दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।
यसैबीच, इंग्ल्यान्डलाई २-१ ले हराउँदै सेमिफाइनल जितेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड टापुमाथिको आफ्नो देशको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेको विषयमा पनि फिफाले सम्भावित अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अमेरिकाका सबै बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने मस्कको घोषणा
-
फ्रान्सका विभिन्न सहरमा कर्फ्यु, दङ्गामा २ हजार ५०० भन्दा बढी पक्राउ
-
दशैँको अवसरमा काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलद्वारा निःशुल्क बस सेवा सञ्चालन
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ३ गते मङ्गलबार
-
भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’