विश्वकप फाइनलपछि भएको झडपबारे अर्जेन्टिनामाथि फिफाले अनुसन्धान गर्दै
२०८३ श्रावण ०५ मङ्गलवार
- विश्वकप फुटबलको फाइनलपछि भएको विवादास्पद घटनाबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान सुरु गरेको छ ।
काठमाण्डौ, ०५ श्रावण । विश्वकप फुटबलको फाइनलपछि भएको विवादास्पद घटनाबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान सुरु गरेको छ ।
फिफाले फाइनल समाप्तिपछि अमेरिकाको मेटलाइफ रङ्गशालामा भएको घटनाको छानबिन गर्न अनुशासन तथा आचारसंहिता सम्बन्धी अभियोजक नियुक्त गरेको जनाएको छ । अनुसन्धानका आधारमा घटनामा संलग्न खेलाडी वा प्रशिक्षकमाथि निलम्बनको कारबाही हुन सक्नेछ भने अर्जेन्टिना फुटबल संघलाई जरिवाना पनि हुन सक्ने फिफाले जनाएको छ ।
विश्वकपको फाइनलमा स्पेनसँग १-० ले पराजित भएपछि अर्जेन्टिनाका केही खेलाडी र टोलीका पदाधिकारी स्पेनका खेलाडीहरू विजयोत्सव मनाइरहेका बेला झडपमा उत्रिएका थिए । उक्त घटनामा नाहुएल मोलिना, लिएन्ड्रो परेडेस, थियागो अल्माडा र सहायक प्रशिक्षक रोबर्टो आयाला संलग्न रहेको बताइएको छ ।
सुरुआतमा परेडेसले स्पेनका एरिक गार्सियाको घाँटी समातेपछि मुख्य रेफ्री स्लाभ्को भिन्चिचले रातो कार्ड देखाएको खबर सार्वजनिक भएको थियो । तर केही समयपछि उक्त रातो कार्डको अभिलेख हटाइएको थियो । फिफाले पनि खेलकै क्रममा परेडेसविरुद्ध कुनै अनुशासनात्मक कारबाही नगरिएको स्पष्ट पारेको छ ।
यसअघि अर्जेन्टिनाका एन्जो फर्नान्डेज अतिरिक्त समयमा दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।
यसैबीच, इंग्ल्यान्डलाई २-१ ले हराउँदै सेमिफाइनल जितेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड टापुमाथिको आफ्नो देशको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेको विषयमा पनि फिफाले सम्भावित अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।