- डलास रङ्गशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सका आक्रमणलाई प्रभावहीन बनाएको थियो । अवसर कम सिर्जना भएको खेलमा स्पेनले बलमाथिको नियन्त्रण कायम राख्दै जित दर्ता गरेको हो ।
काठमाण्डौ, ३१ अषाढ़ । स्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।
डलास रङ्गशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सका आक्रमणलाई प्रभावहीन बनाएको थियो । अवसर कम सिर्जना भएको खेलमा स्पेनले बलमाथिको नियन्त्रण कायम राख्दै जित दर्ता गरेको हो ।
स्पेनका लागि पहिलो गोल मिकेल ओयारजाबालले पहिलो हाफको मध्यतिर पेनाल्टीमार्फत गरेका थिए । फ्रान्सका बायाँ रक्षक लुकास डिन्येले लामिन यामालमाथि फउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। ओयारजाबालले त्यसलाई सहज रूपमा गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा पनि स्पेनले आफ्नो लय कायम राख्यो । खेलको नियन्त्रण आफ्नो पक्षमा राखेको स्पेनका लागि पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट पास आदानप्रदानपछि नजिकको कुनाबाट गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि फ्रान्सले खेलमा फर्कने प्रयास गरे पनि स्पेनको अनुशासित र संगठित रक्षापङ्क्ति तोड्न सकेन ।
प्रतियोगिताभर एक गोल मात्र बेहोरेको स्पेनले अन्तिमसम्म संयमित प्रदर्शन गर्दै सहज जित सुरक्षित गर्यो । यस हारसँगै लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने फ्रान्सको सपना समाप्त भएको छ । अब फ्रान्सले तेस्रो स्थानका लागि हुने खेल खेल्नेछ । साथै, १४ वर्षदेखि टोली सम्हालिरहेका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पको कार्यकाल पनि यही प्रतियोगितापछि समाप्त हुनेछ ।
अब स्पेन उपाधि भिडन्तका लागि न्यु जर्सी पुग्नेछ। फाइनलमा स्पेनले इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । स्पेन दोस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ । स्पेनले यसअघि २०१० मा विश्वकप उपाधि जितेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।