विश्वकप फुटबलको नकआउट चरणको समीकरण पुरा, कसको प्रतिद्वन्दी को ?
२०८३ असार १४ आइतवार
- समुह विजेता १२ र उपविजेता १२ देश नकआउटमा पुगेका छन् भने तेस्रो स्थानमा रहेका शिर्ष ८ देश पनि नकआउटमा पुगेका हुन् ।
काठमाण्डौ, १४ अषाढ़ । जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको समीकरण पुरा भएको छ । आइतबार समुह चरणका खेल सकिएसँगै नकआउट चरणमा पुग्ने ३२ टिमको टुंगो लागेको हो ।
समुह विजेता १२ र उपविजेता १२ देश नकआउटमा पुगेका छन् भने तेस्रो स्थानमा रहेका शिर्ष ८ देश पनि नकआउटमा पुगेका हुन् ।
जस अनुसार मेक्सिको, स्वीजरल्याण्ड, ब्राजिल, अमेरिका, जर्मनी, नेदरल्याण्डस, बेल्जियम स्पेन, फ्रान्स, अर्जेन्टिना, कोलम्बिया र इङल्याण्ड समुह विजेता हुदै नकआउट चरणमा पुगेका छन् । त्यस्तै, दक्षिण अफ्रीका, क्यानडा, मोरक्को, अस्ट्रेलिया, आइभरी कोष्ट, जापान, केप भर्डे, नर्वे, अस्ट्रिया, पोर्चुगल र क्रोसिया उपविजेता हुदै नकआउटमा पुगेका हुन् भने डिआर कंगो, स्विडेन, घाना, इक्वेडर, बोस्निया हर्जगोभिना, पराग्वे, अल्जेरिया र सेनेगलले तेस्रो स्थानको उत्कृष्ट आठमा रहेर नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् ।
अब नकआउट चरणमा जर्मनीले पराग्वेसँग, फ्रान्सले स्विडेनसँग, दक्षिण अफ्रिकाले क्यानडासँग, नेदरल्याण्डसले मोरक्कोसँग, पोर्चुगलले क्रोसियासँग, स्पेनले अस्ट्रियासँग, अमेरिकाले बोस्निया हर्जगोभिनासँग, बेल्जियमले सेनेगलसँग, ब्राजिलले जापानसँग, आइभरी कोष्टले नर्वेसँग, मेक्सिकोले इक्वेडरसँग, अर्जेन्टिनाले केप भर्डेसँग, अस्ट्रेलियाले इजिप्टसँग, स्वीजरल्याण्डले अल्जेरियासँग र कोलोम्बोले घानासँग खेल्ने तय भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बोलेरो जीप भेरी नदीमा खस्यो, दुई जना बेपत्ता
-
बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानी
-
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दै
-
बूढीगण्डकी अघि नबढेको भन्दै प्रभावित बासिन्दाको असन्तुष्टि, आन्दोलनको चेतावनी
-
युवाको ऊर्जा राष्ट्र निर्माणमा लगाउन प्रचण्डको आग्रह
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।