विश्वकपको समुह के बाट कोलम्बिया र पोर्चुगलसँगै डिआर कंगो पनि नकआउट चरणमा

२०८३ असार १४ आइतवार
सारांश
  • जारी फिफा विश्वकप फुटबलको समुह के बाट कोलम्बिया समुह विजेता बनेको छ ।

काठमाण्डौ, १४ अषाढ़ । जारी फिफा विश्वकप फुटबलको समुह के बाट कोलम्बिया समुह विजेता बनेको छ ।

 

आइतवार बिहान सम्पन्न खेलमा पोर्चुगलसँग गोल रहित बराबरी खेलेपछि कोलम्बिया ३ खेलमा ७ अंकसहित समुह विजेता बनेर नकआउट चरणमा पुगेको हो । त्यस्तै ३ खेलमा ५ अंकसहित समुहको उपविजेता बन्दै पोर्चुगल नकआउट चरणमा पुगेको छ ।

 

त्यसैगरी यसै समुहको अर्को खेलमा डिआर कंगोले उज्बेकिस्तानलाई ३-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको छ । १-० गोलले पछि परेको कंगोले खेलमा पुनरागमन गर्दै जित हासिल गरेको थियो ।  कंगो छनौट भएसँगै दक्षिण कोरिया विश्वकपबाट बाहिरिएको छ ।

 

अब नकआउट चरणमा कोलम्बियाले घानाको सामना गर्ने छ भने पोर्चुगलले क्रोसियाको सामना गर्ने छ । त्यस्तै डिआर कंगोले इङल्याण्डको सामना गर्ने छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार