नर्वेविरुद्ध डेम्बेलेको ह्याट्रिक, सेनेगलको नकआउटको सम्भावना बलियो

२०८३ असार १३ शनिवार
सारांश
  • जारी फिफा फुटबल विश्वकपको समुह आईबाट फ्रान्स र नर्वे नकआउट चरणमा प्रवेश गरेका छन् ।

काठमाण्डौ, १३ अषाढ़ । जारी फिफा फुटबल विश्वकपको समुह आईबाट फ्रान्स र नर्वे नकआउट चरणमा प्रवेश गरेका छन्  । समुह चरणको अन्तिम खेलमा फ्रान्सले नर्वेलाई ४-१ गोल अन्तरले पराजित गर्दै समूह ‘आई’ मा शीर्ष स्थान हासिल गरेको छ । उस्मान डेम्बेलेको विस्फोटक ह्याट्रिकमा फ्रान्सले प्रभावशाली जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

 

इर्लिङ हालान्ड र किलियन एम्बाप्पेबीचको प्रतिस्पर्धाको अपेक्षा गरिए पनि नर्वेले मुख्य खेलाडीलाई विश्राम दिएपछि डेम्बेले नै खेलका नायक बने । उनले खेलको पहिलो ३२ मिनेटभित्र तीन गोल गर्दै विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो ह्याट्रिक पूरा गरेका थिए । एम्बाप्पेको पासमा पहिलो गोल गरेका उनले त्यसपछि थप दुई आकर्षक गोल गरेका थिए । नर्वेका लागि थेलो आसगार्डले एक गोल फर्काए भने इन्जुरी समयमा डिजिरे दुईले फ्रान्सका लागि चौथो गोल गरेका थिए ।

 

यस जितसँगै फ्रान्स समूह विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ भने डेम्बेले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको दौडमा पनि अगाडि उक्लिएका छन् । त्यस्तै नर्वे उपविजेता बनेको छ ।

 

यता, सेनेगलले १० खेलाडीमा सीमित इराकलाई ५-० ले हराउँदै नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ । इराकका रेबिन सुलाकाले पहिलो हाफमै रातो कार्ड पाएपछि सेनेगलले खेलमा पूर्ण नियन्त्रण जमाएको थियो । इस्माइला सार, पापे गुएयेले दुई गोल तथा इलिमान नियायेले एक गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए । पहिलो गोल भने अब्दुलाये सेकको हेडर डिफ्लेक्सन हुँदै गोलमा परिणत भएको थियो ।

 

समूह ‘आई’ मा तेस्रो स्थानमा रहेको सेनेगलले तीन अंक जोड्दै उत्कृष्ट तेस्रो स्थानका टोलीको सूचीमा आफूलाई बलियो बनाएको छ । यद्यपि अन्तिम ३२ मा स्थान बनाउन उसले अन्य समूहका नतिजामा पनि भर पर्नुपर्ने भएको छ । यस समुहबाट तिनै खेलमा हार बेहोरेर इराक बाहिरिएको छ ।

 

अब फ्रान्सले नकआउट चरणमा समुह एफ वा जी को तेस्रो स्थानको टिमसँग खेल्ने छ भने नर्वेले आइभरी कोष्टविरुद्ध खेल्ने भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार