समुह एफ बाट नेदरल्याण्डस र जापानसहित स्विडेन नकआउट चरणमा
२०८३ अषाढ़ १२ शुक्रवार
- जारी विश्वकपको समुह एफ बाट तीन देश नकआउट चरणमा प्रवेश गरेका छन् ।
काठमाण्डौ, १२ अषाढ़ । जारी विश्वकपको समुह एफ बाट तीन देश नकआउट चरणमा प्रवेश गरेका छन् ।
नेदरल्याण्डसले अन्तिम खेलमा ट्युनिसियालाई ३-१ गोलले पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको छ ।
त्यस्तै, जापान र स्विडेन १-१ गोलको बराबरी खेलेपछि जापान ३ खेलमा ५ अंकसहित दोस्रो हुँदै नकआउट चरण प्रवेश गरेको छ भने स्विडेन ३ खेलमा ४ अंकसहित तेस्रो हुदै नकआउटमा पुगेको हो । यस समुहमा ट्युनिशिया बाहिरिएको छ ।
अब नकआउट चरणमा नेदरल्याण्डसको मोरक्कोसँग प्रतिष्पर्धा हुने छ भने जापानले ब्राजिलको सामना गर्ने छ । त्यस्तै स्विडेनले भने नकआउटमा स्वीजरल्याण्डको सामना गर्नसक्ने सम्भावना रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।